जुत्ताको समर सेल शुरु, ७० प्रतिशत सम्मको बिशेष छुट

Technology Khabar २० जेष्ठ २०७५, आईतवार

जुत्ताको समर सेल शुरु, ७० प्रतिशत सम्मको बिशेष छुट

काठमाडौं ।

काठमाडौं । नेपाली जुत्ता घरमा जुत्ता तथा चप्पलको समर सेल मेला आइतवारदेखि शुरु भएको छ । नेपाली जुत्ता घरको जमल, महाराजगञ्ज, कुमारी पाटी, अद्धवैतमार्ग बागबजार, बुद्ध मल बालाजुस्थीत आफ्नै बिक्रि कक्षमा आज देखि स्टक रहुन्जेल सम्मका लागी यो योजना सञ्चालन गरिएको हो ।

ग्राहकवर्गको चाहना र मागलाई ध्यानमा राखी बिगतका वर्ष देखि सुरु गरिएको नेपाली जुत्ता चप्पलहरुको बृहद् समरसेल मेला यस वर्ष पनि आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ ।

नेपाली जुत्ता उद्योगहरु बाट उत्पादीत गुणस्तरिय जुत्ता चप्पलहरु निश्चित समयको लागी ७० प्रतिशत सम्मको बिशेष छुट र ३०० रुपैयाँदेखी बिशेष सहुलियतसहित आश्चर्यजनक प्रतिस्पर्धि मुल्यमा बिक्रि बितरण गर्नुहो । सेल मेला भन्ने बित्तिकै कम्पनीको स्टकमा रहेका पुराना तथा बिग्रीएका जुत्ताहरु बिक्रि गर्ने बुझाई भनौ या गलत भ्रम लाई चिर्नका लागी विशेष छुटका साथ यो मेलामा बिक्रि गर्न लागिएको हो ।

आफुलाई चाहिने जुत्ता तथा चप्पल मेलामानै खरिद गर्दै आएको र जसको फलस्वरुप नियमित रुपमा नेपाली जुत्ता तथा चप्पलहरुको प्रयोगकर्ता बढदै गएको स्काई सुजका प्रवन्ध निर्देशक मनोज श्रेष्ठले जानकारी दिए ।

समर सेल मेलामा नेपालका चर्चित ब्राण्डहरुः शिखर सुज, बिएफ डियरहिल सुज, स्काइ सुज, क्रस रोड, कोसेली छाला जुत्ता उद्योग, सफ्टटच सुज, लेदर वि·स, टाकुरा सुज, इजी शुज, टम टेलर र शुल्याण्ड गरि ११ वटा ब्राण्डका जुत्ता चप्पल हरु बिक्रि वितरण गरिनेछ ।

उल्लेखित ब्राण्डका आकर्षक एवं गुणस्तरिय अफिसियल जुत्ता, क्याजुअल जुत्ता, स्पोर्टस जुत्ता, बुटहरु, स्कुल तथा कलेजका युनिफर्म जुत्ताका साथै जेन्टस तथा लेडिज स्याण्डलहरु यस योजनामा उपलब्ध हुनेछन । यो समर सेल मेलामा करीव १ लाख देखी १ लाख ५० हजार को हाराहारीमा आगन्तुकहरुले अवलोकन गर्ने र करीव ४० देखी ५० हजार जोर जुत्ता चप्पल हरु बिक्रि गर्ने कम्पनीको लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: २० जेष्ठ २०७५, आईतवार