‘बैदेशिक रोजगार’ मोबाइल एप शुरु, बैदेशिक रोजगार सम्बन्धि सम्पूर्ण जानकारी दिने

Technology Khabar ११ जेष्ठ २०७५, शुक्रबार

‘बैदेशिक रोजगार’ मोबाइल एप शुरु, बैदेशिक रोजगार सम्बन्धि सम्पूर्ण जानकारी दिने

काठमाडौं ।

काठमाडौँ । बैदेशिक रोजगारलाई लक्षित गरि ‘बैदेशिक रोजगार’ (Baideshik Rojgar) मोबाइल एपको शुभारम्भ गरेको छ । साझा सबाल मिडियाको पाचौं वार्षिक उत्सबको अवसरमा मोबाइल एपको शुभारम्भ गरिएको हो ।

बैदेशिक रोजगारी मा जान चाहने तथा विदेशमै रहेकाहरुलाई दैनिक सूचना र बिबिध जानकारी दिने उद्धेश्यले ‘बैदेशिक रोजगार’ नामक मोबाइल एपको औपचारिक सुरुवात गरिएको साझा सबालले जानकारी दिएको छ ।

तीन बर्ष अघि परिक्षणको रुपमा मात्र सार्वजनिक भएको बैदेशिक रोजगार नामक एपलाई यसअघि पाएको बिभिन्न सुझावको आधारमा संस्थाले थप फिचरसहित औपचारिक लन्च गरेको हो ।

लन्चिङ कार्यक्रममा नेपाल बैदेशिक रोजगार व्यवसायी संघका महासचिव नरेश गेलानले बैदेशिक रोजगार एप्सले सहि सूचना प्रवाह गर्नेमा विश्वास लिए । उनले बैदेशिक रोजगार मागपत्र प्रमाणीकरण कार्य दुतावासबाट हुने कार्यमा म्यानपावर व्यवसायी सहयोग गर्न तत्पर रहेको तर दुतावासका कर्मचारीले गर्ने व्यवहार र कार्यशैली परिवर्तन हुनुपर्ने बताए ।

कार्यक्रममा बैदेशिक रोजगार विभागका निर्देशक रामकुमार थापाले सरकारले नै भरपर्दो तरिकाले बैदेशिक रोजगारीका सूचना प्रवाह गर्नुपर्नेमा साझा सबालले बैदेशिक रोजगार मोबाइल एप्स ल्याएकोमा सराहना गरे।

मोबाइल एप्स ल्याएर मात्र हुँदैन, त्यसमार्फत दिने सूचना अपडेट गरेर हरेक कामदार र म्यानपावरबिच जोड्नु चुनौतीपूर्ण भएको उनले बताए । बैदेशिक रोजगार विभागमा दैनिक गुनासाहरु आउने गरेका र त्यसलाई कम गर्न यस्ता एप्सले सहयोग पुर्याउनुपर्ने उनको भनाई थियो ।

नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार व्यवसायी फोरमका अध्यक्ष बिष्णु गैरेले बैदेशिक रोजगार मोबाइल एप्सले जनतामा सहि सूचना प्रवाह गर्न मद्धत पुग्ने विश्वास लिए । उनले जनतामा सहि सूचना प्रवाह गराउन गरिने गर्ने यस्ता कार्यमा म्यानपावर व्यवसायी सदैब सहकार्य गरि अगाडी बढ्न तयार हुने धरणा व्यक्त गरे ।

यो मोबाइल एप प्रारम्भिक चरणमा एन्ड्रोइडमा मात्र सार्वजनिक गरिएको छ ।

यो मोबाइल एप यहाँ क्लिक गरि डाउनलोड गर्न सकिन्छ ।

easy care

प्रकाशित: ११ जेष्ठ २०७५, शुक्रबार