ओपोद्वारा ए८३ २०१८ सार्वजनिक, ४ जीबी र्याम र ६२ जीबी स्टोरेज

Technology Khabar २८ बैशाख २०७५, शुक्रबार

ओपोद्वारा ए८३ २०१८ सार्वजनिक, ४ जीबी र्याम र ६२ जीबी स्टोरेज

काठमाडौं ।

काठमाडौं । ओपोले नयाँ एन्ट्रि–लेभल क्यामेरा फोन ओपो ए८३ (२०१८) (Oppo A83 (2018) संस्करण सार्वजनिक गरेको छ । ए ८३ (२०१८) यसै बर्षको जनवरी महिनामा सार्वजनिक गरिएको ओपो ए८३को परिस्कृत भर्जन हो । तिब्र गतिमा उत्कृष्ट कार्य सम्पादनका लागि ओपो ए ८३ (२०१८)मा कम्पनीले ४ जीबी र्याम र ६४ जीबी स्टोरेज राखेको छ । फोन गोल्डका साथै आकर्षक नीलो रंगमा पनि उपलब्ध गरिएको छ ।

फुल स्क्रिन डिस्प्ले र एआई ब्यूटी रिकग्निसन प्रविधि सहितको ओपो ए८३ (२०१८)ले प्रयोगकर्तालाई थप वास्तविक र प्राकृतिक सेल्फी अनुभव प्रदान गर्छ । ३१८० एमएएच ब्याट्री जडान गरिएको ए ८३ को मूल्य २७ हजार ४ सय ९० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

ओपो ए८३ (४जीबी)का बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘जनवरीमा सार्वजनिक ओपो ए८३को परिस्कृत भर्जन ए८३ २०१८ मार्फत हामी किफायती बजेटमा स्मार्ट सेल्फी तथा शार्प परफरमेन्स चाहने उपभोक्ताका माग सम्बोधन गर्नमा समर्थ हुन्छौँ भन्ने अपेक्षा लिएका छौँ ।’

फ्ल्यागशिप फुल स्क्रिन, फेसियल रिकग्निसन फिचर र फेशनेबल लुक

ए८३को निर्माण उपाभोक्तालाई सहज तथा आरामदायी परिचालन अनुभव दिने सोचका साथ गरिएको छ । फोनमा जडित ४ जीबी र्यामले तिब्र कार्य क्षमता प्रदर्शित गर्छ साथै सुपर लार्ज सञ्चालन मेमोरीले विशेषगरी यूवा वर्गलाई गेमिङको भरपुर मज्जा लिन सघाउँछ । साथै, यसमा दूई ओटा नानो सिम र १ थान एसडी कार्ड एकै पटक प्रयोग गर्न सकिन्छ ।

एसडी कार्डको प्रयोगबाट प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार फोनको सञ्चय क्षमता २ सय ५६ जीबी सम्म बढाउन सक्छन् । नयाँ कलर ओएस ३.२ सञ्चालन प्रणाली र फाइल शेयरिङका लागि उपलब्ध गरिएको ओ–शेयरले ६ देखि ७ ओटा साधारण तस्विर एकै सेकेण्डमा ट्रान्सफर गर्न सघाउँछ ।

फ्ल्यागशिप फुल स्क्रिन, स्पिडी फेसियल अनलक र फेशनेबल लुक

ए८३को आकार जम्मा ५.७ ईञ्च छ । पछिल्लो मोडलका तुलनामा यसलाई एक प्रमुख सुधारका रुपमा लिन सकिन्छ । अधिकांश कम्पनीले आफ्ना फ्ल्यागशिप मोडलमा मात्र उपलब्ध गराउँदै आएको फुल स्क्रिनको मज्जा यसको साथमा एण्ट्रि लेभल फोनमै पस्कन कम्पनी सफल भएको छ । यसले गर्दा ए८३ मार्फत तस्विर, भिडियो हेर्दा तथा गेम खेल्दा फराकिलो दृष्यानुभुति लिन सकिन्छ ।

आज सम्म अधिकांश प्रमुख ब्राण्डले आफ्ना फ्ल्यागशिप मोडलमा मात्रै फुल स्क्रिन फिचर समाहित गरेका छन् । ओपो ए८३को साथमा आफ्ना थप उपभोक्ताले फुल स्क्रिन फोनको उपयोग गर्न पाउन् भन्ने कम्पनीको उद्देश्य रहेको छ । साथै, फुल स्क्रिन डिस्प्लेलाई साथ दिन यसमा १४४०X७२० उच्च रिजोल्यूशनको ब्यवस्था गरिएको छ ।

सार्वजनिक नयाँ फोनमा फेस अनलक सुविधापनि उपलब्ध गरिएको छ । यसले गर्दा फोनको स्क्रिनमा आफ्नो अनुहार देखाइ सजिलै फोन अनलक गर्न सकिन्छ । औँला भिजेको अवस्था वा हात ब्यवस्त रहेको अवस्थामा फोन अनलक गर्नु पर्दा यसले विशेष सहजता प्रदान गर्छ ।

डिजाइन

ए८३को डिजाइन यूएफओ (यूएफओ कभ्र्ड डिजाइन फिलोसोफी) मा आधारित भइ गरिएको छ । फोनलाई प्रिमियम डिजाइन दिने सोचका साथ यसमा यूएफओको जस्तै सुब्यवस्थित डिजाइन अपनाइएको कम्पनीको भनाइ छ।

एआई ब्यूटी रिकग्निसन प्रविधि

ओपोका एफ सिरिज तथा ए सिरिज उत्पादनमा समाहित गरिएको एकिकृत ब्यूटी फञ्सन विशेष गरी यूवा तथा ट्रेण्डि पुस्ता माझ विशेष लोकप्रिय बन्न सफल भएको छ । ८ मेगापिक्सेलको फ्रण्ट र १३ मेगा मेगापिक्सेल क्षमताको रियर क्यामेरा सहितको ओपो ए८३मा एआई ब्यूटी रिकग्निशन प्रविधिको प्रयोग गरिएको छ । यो प्रविधिले तस्विरमा तपाईँलाई उत्कृष्ट देखाउन सघाउँछ । यसले अनुहारका प्रमुख चारित्रिक विशेषताको पहिचान गरी तिनको सुन्दरता कायम राख्दै उत्कृष्ट सेल्फी प्रस्तुत गर्न सघाउँछ ।

साधारण शब्दमा भन्नु पर्दा एआई ब्यूटी रिकग्निशन प्रविधि साधारण सफ्टवेयर प्रोग्राम मात्र नभइ यसले ब्यवसायिक फोटोग्राफरका रुपमा सोच्ने र सिक्ने क्षमता राख्छ । ओपोको एआई प्रविधिले हजारौँ तस्विरको डाटावेसको माध्यमबाट सिक्दै अनुभवी फोटोग्राफरहरुले झैँ उत्कृष्ट तस्विर प्रस्तुत गर्न सघाउँछ ।

यसले स्वचालित रुपमा हजारौँ तस्विरको माध्यमबाट सिक्दै छालाको रंग, बनोट, लिंग र उमेरका आधारमा तस्विरमा रहेको विषयलाई वर्गिकरण गर्दै उत्कृष्ट पोट्रेट प्रस्तुत गर्ने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: २८ बैशाख २०७५, शुक्रबार

ताजा समाचार

Digital and Intelligent Asia-Pacific Congress 2024 held in Bangkok

१९ बैशाख २०८१, बुधबार

Shenzhou-17 astronauts arrive in Beijing

१९ बैशाख २०८१, बुधबार

News Commentary: Time to reinforce efforts for digital transformation

१९ बैशाख २०८१, बुधबार