साओमीको एमआइ ब्याण्ड ३ आउँदै, यस्तो छ डिजाइन

Technology Khabar १७ बैशाख २०७५, सोमबार

साओमीको एमआइ ब्याण्ड ३ आउँदै, यस्तो छ डिजाइन

काठमाडौं ।

काठमाडौं । साओमीले नयाँ स्मार्टब्याण्डको औपचारिक टिजर सार्वजनिक गरेको छ । कम्पनीले स्मार्टब्याण्ड एमआइ ब्याण्ड ३ ल्याउने तयारी गरिरहँदा यसको औपचारिक विज्ञापन सार्वजनिक गरेको हो ।

साओमीले ल्याउने नयाँ स्मार्टब्याण्ड यसअघिको एमआइ ब्याण्ड २ को भन्दा फरक डिजाइनमा रहेको छ । कम्पनीले एमआइ ब्याण्ड ३ मा फिजिकल बटन हटाएको छ जून एमआइ ब्याण्ड २ मा उपलब्ध थियो ।

यसअघि कम्पनीका सिईओले एमआईको ब्ल्याक सार्क स्मार्टफोन सार्वजनिक कार्यक्रममा सो ब्याण्ड लगाएको देखिएको थियो ।

साओमीको एमआइ ब्याण्ड ३ टचस्क्रीन डिस्प्लेसहित आउने अपेक्षा गरिएको छ तर यसको बारेमा थप जानकारी भने आएको छैन् ।

यो एमआइ ब्याण्ड ३ ब्लूटुथ ४.२ एलई भर्सनका साथमा आउनेछ । यसमा एमआई ब्याण्ड २ मा रहेका सबै फीचरहरु रहने र थप केहि नयाँ फीचरहरु समावेश हुने अपेक्षा गरिएको छ ।

माध्यम

easy care

प्रकाशित: १७ बैशाख २०७५, सोमबार