रेनोको नयाँ शोरुम नक्सालमा

Technology Khabar २१ चैत्र २०७४, बुधबार

रेनोको नयाँ शोरुम नक्सालमा

काठमाडौं ।

काठमाडौं । रेनोको नेपालको लागि आधिकारीक वितरक एड्भान्स अटोमोवाइल्स् प्रालि (विशाल ग्रुप अन्र्तगतको कम्पनी) ले अर्को नयाँ शोरुम ‘स्टेट आफ आर्ट शोरुम’ काठमाडौंको नक्शालमा संचालनमा ल्याएको छ ।

रेनो नेपालले सधै छिटो र छरितो सेवा जुनसुकै ठाउँमा पु¥याउन तत्पर रहेको छ । उक्त शोरुमको उद्घाटन एड्भान्स अटोमोवाइल कम्पनीका प्रबन्ध निर्देशक निकुञ्ज अग्रवाल र रेनोको एक्स्पर्ट एण्ड बिजनेश डेभलपमेन्ट प्रमुख नविन मिश्राले संयुक्त रुपमा गरे ।

‘हामी हाम्रा ग्राहकलाई नेपालभर सर्वोत्कृष्ट सेवा दिन सधै तत्पर छौं । नेपाली उपभोक्ताले रेनो प्रति देखाउनु भएको सद्भावले हाम्रो आत्मविश्वास बढाएको छ । जसले हामी नेपाली बजारमा सबैभन्दा चाँडो बजार बिस्तार गर्ने कम्पनीमा पर्न सकेका छौ । अहिले हाम्रो कार नेपाल उपभोक्ताको रोजाईमा टप ३ मा पर्न सफल भएको छ,’ रेनोको एक्स्पर्ट एण्ड बिजनेश डेभलपमेन्ट प्रमुख नविन मिश्रले शोरुम उद्घाटन गर्दै भने ।

easy care

प्रकाशित: २१ चैत्र २०७४, बुधबार