ग्यालेक्सी एस नाइन र नाइन प्लस नेपाल अाउँदै, ६४ जीबी भर्सन मात्र उपलब्ध हुने

Technology Khabar २७ फाल्गुन २०७४, आईतवार

ग्यालेक्सी एस नाइन र नाइन प्लस नेपाल अाउँदै, ६४ जीबी भर्सन मात्र उपलब्ध हुने

काठमाडौं ।

काठमाडौं, २७ फागुन । तपाई नयाँ फोन किन्ने योजनामा हुनुहुन्छ भने केहि दिन कुर्नुहोस् । बजारमा सामसंगको फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस नाइन तथा एस नाइन प्लस आउँदैछ । एन्ड्रोयड फोन प्रयोगकर्ताहरुका लागि यो निकै प्रतिक्षित फोनको रुपमा रहेको छ ।

सामसंगले फागुन २८ गते सोमबार नेपाली बजारमा सामसंग ग्यालेक्सी एस नाइन तथा एस नाइन प्लस सार्वजनिक गर्दैछ । कम्पनीले सार्वजनिक गर्न लागेको यो फ्ल्यागशिप फोन अहिले चर्चाको शिखरमा रहेको छ । यसको लागि कम्पनीले मिडिया निम्तो समेत पठार्इसकेको छ ।

फेब्रुअरी २५ मा स्पेनमा भएको मोबाइल वल्र्ड कंग्रेसमा सार्वजनिक गरिएको यो स्मार्टफोन छिमेकी मुलुक भारतमा भने केहि दिन अघि मात्र सार्वजनिक भएको थियो । सो फोन हाल प्रि बुकिंगमा रहेको छ भने नेपाली बजारमा पनि मार्चको अन्तिमसम्ममा उपलब्ध हुने बताईएको छ ।
सो फोन नेपाली बजारमा आएपछि यसको मूल्य कति हुन्छ भन्ने विषयमा सबैको चासो रहेको छ ।

कम्पनीले यसअघि सार्वजनिक गरेको एस एट तथा एस एट प्लसको सक्सेसरको रुपमा आएको यो फोनको फीचरहरु यसअघिको फोनभन्दा केहि थप गरिएका छन् ।

कुन संस्करण आउँछ नेपालमा

नेपाली बजारमा सामसंगले शुरुवाती चरणमा एउटा स्टोरेज संस्करण मात्र सार्वजनिक गर्ने योजना राखेको छ । कम्पनीले बजारमा दूबै फोनहरु ६४ जीबी आन्तरिक स्टोरेजसहित उपलब्ध गराउने छ । त्यसपछि भने बजारको माग अनुसार केहि पछि मात्र १२८ जीबी स्टोरेज भएको फोन आउनेछ । तर नेपाली बजारमा २५६ जीबी स्टोरेज आउने वा नआउने भन्ने बारेमा अझै केहि स्पष्ट छैन ।

कम्पनीले स्टोरेजको आधारमा नै नेपाली बजारमा यसको मूल्य तोक्ने छ ।

यी फोनहरुमा सामसंगले ड्यूल सिम सपोर्ट गर्ने सेटहरु मात्र नेपालमा उपलब्ध गराउने कम्पनी स्रोतको भनाई छ ।

क्यामरालाई अधिक महत्व दिईएको यो फोनमा यसअघिको भन्दा केहि फीचरहरु थप गरिएका छन् ।

विश्व बजारमा एस नाइनको मूल्य ८४९ यूरो र एस नाइन प्लसको मूल्य ९४९ यूरो तोकिएको छ । तर विभिन्न देशअनुसार यसको मूल्य केहि तल माथि राखिएको छ ।

छिमेकी मुलुक भारतमा एस नाइनको मूल्य ५७ हजार ९ सय भारु तोकिएको छ भने एस नाइन प्लसको मूल्य ६४ हजार ९ सय भारु तोकिएको छ । त्यस्तै यूएईमा एस नाइनको मूल्य नेपाली रुपैयाँ ८८ हजार ३ सय रुपैयाँ जति पर्न आउँछ ।

easy care

प्रकाशित: २७ फाल्गुन २०७४, आईतवार

ताजा समाचार