अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालीको ‘प्रो मम्’ एप, भोट गरेर यसरी जिताउनुहोस्

Technology Khabar २१ माघ २०७४, आईतवार

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालीको ‘प्रो मम्’ एप, भोट गरेर यसरी जिताउनुहोस्

काठमाडौं ।

काठमाडौं, २१ माघ । विज्ञान र प्रविधि सम्बन्धि विश्वव्यापी प्रतिस्पर्धामा नेपालको एक सूचना प्रविधि एपले प्रतिस्पर्धा गर्ने भएको छ ।
नेपाली युवतीको नविनतम सोच विश्वका ८० देशसँग प्रतिस्पर्धामा उत्रिएको हो ।

विश्वभर विज्ञान र प्रविधिको विकास गर्ने उद्धेश्यले ग्लोबल इनोभेसन थ्रु साइन्स एण्ड टेक्नोलोजीले (Global Innovation Through Science and Technology/www.gistnetwork.org) गरेको प्रतियोगितामा नेपाली चेलीले तयार पारेको मोबाइल एप विश्वसँग प्रतिस्पर्धा गर्न छानिएको हो ।

८० देशका १ सय ९ उद्यमीमध्ये नेपाली चेली निश्मा अधिकारीको ‘प्रो मम्’ (pro mum) एप प्रतिस्पर्धाका लागि छनोट भएको छ । गर्भवति आमा र नवजात शिशुको स्वास्थ्य र पोषण, खोपलगायतका आवश्यक सम्पूर्ण जानकारी उपलब्ध गराउने सोचलाई प्रतियोगितामा सामेल गरिएको हो ।

सो मोबाइल एप्लीकेशनले बालमृत्युदर घटाउन सहयोग गर्ने केक नाइन कम्पनीको तर्फबाट स्टार्टअप एप तयार पार्ने अधिकारीको भनाई छ ।

अनलाइन भोटिङबाट प्रतिस्पर्धीहरुमध्ये उत्कृष्ट १० जना युवा उद्यमी छनोट गरिनेछ ।

छनोट भएका १० जनाले टर्कीमा हुने ग्लोबल इन्टरप्रेनरसिप समिटमा भाग लिन पाउनुका साथै फाइनलमा जाने अवसर प्राप्त गर्ने बताईएको छ।

१० प्रमुख प्रतिस्पर्धिमा छनौट गराउनका लागि अधिकतम भोटको अावश्यकता पर्ने बतार्इएको छ । यदि तपार्इ पनि सो  अवसर नेपाली चेलीलाई प्रदान गराउन चाहनुहुन्छ भने उनलार्इ  भोट गर्न यहाँ क्लीक गरेर अकाउन्ट बनाउनुहोस् ।

सो अकाउन्टबाट उनलार्इ भोट गर्न सकिनेछ ।

भोट गर्दा ध्यान दिनुपर्ने कुराहरु  (स्टार चिन्ह (*) बाहेक अन्य विवरण भरिरहन जरुरी छैन)

विवरण भरेपछि तपाईको इमेलमा आएको लिंकमा क्लीक गर्नुहोस् । अनि निलो रंगको भोट बटनमा क्लीक गर्नुहोस् । Nishma Adhikari को भिडियो छान्नुहोस् र भोट गर्नुहोस् ।

यसका साथै कम्प्युटरमा Ctrl+F थिचेर Nishma Adhikari टाइप गरेर पनि भोट गर्न सकिनेछ ।

easy care

प्रकाशित: २१ माघ २०७४, आईतवार