एनसेलको चार नयाँ भ्वाइस प्याक, एक महिनामा ७०० मिनेट सम्मको भ्वाइस सेवा

Technology Khabar ११ मंसिर २०७४, सोमबार

एनसेलको चार नयाँ भ्वाइस प्याक, एक महिनामा ७०० मिनेट सम्मको भ्वाइस सेवा

काठमाडौं ।

काठमाडौं, ११ मंसिर । एनसेल प्रालिले प्रिपेड ग्राहकका लागि चार नयाँ भ्वाइस प्याकहरु ल्याएको छ । नयाँ भ्वाइस प्याकका साथ एनसेलका ग्राहकले अब एक महिनामा ७०० मिनेट सम्मको भ्वाइस सेवा प्रयोग गर्न सक्ने बताएको छ ।

नयाँ भ्वाइस प्याकहरु यहि बिहीवारदेखि ९० दिनको लागि संचालनमा आएको छ । यी नयाँ प्याकहरु अन्तर्गत ग्राहकले आफ्नो भ्वाइस सेवाको आवश्यकता अनुसार दैनिक, साप्ताहिक तथा मासिक प्याकहरु सुचारु गर्न सक्छन् ।

ग्राहकले अब तीन दिने भ्वाइस प्याक पनि सुचारु गर्न सक्छन् । दैनिक भ्वाइस प्याकअन्तर्गत ग्राहकले कर सहित मात्र १५ रुपैयाँमा २० मिनेट अननेट टक टाइम खरिद गर्न सक्नेछन् । साप्ताहिक भ्वाइस प्याकमा कर सहित ७० रुपैयाँमा १२० मिनेट टक टाइम लिन सक्छन् ।

त्यसैगरी ग्राहकले ३० रुपैयाँमा ५० मिनेट टक टाईम रहेको तीन दिने भ्वाइस प्याक खरिद गर्न सक्छन् । नयाँ मासिक भ्वाइस प्याकमा ग्राहकले ३०० रुपैयाँमा ७०० मिनेट टक टाइम प्राप्त गरी मात्र ४३ पैसा प्रति मिनेटको दरमा भ्वाइस सेवाको मजा लिन सक्छन् । दैनिक भ्वाइस प्याकको समयावधि २४ घण्टाको रहेकोछ ।

साप्ताहिक भ्वाइस प्याकको समयावधि ७ दिन, तीन दिने प्याकको ३ दिन र मासिक भ्वाइस प्याकको ३० दिन रहेको कम्पनीले जानकारी दिएको छ ।

प्याकमा उल्लेख गरिएको समयावधि वा टक टाइम सकिएपछि विद्यमान शुल्क लागु हुनेछ । विद्यमान शुल्क अनुसार एनसेल नेटवर्क भित्र कल गर्दा कर सहित २.५० रुपैयाँ प्रति मिनेट शुल्क लाग्दछ ।

भ्वाइस प्याक अन्तर्गतका टक टाइम एनसेल नेटवर्कभित्र मात्र लागु हुनेछ । पहिला नै संचालनमा रहेका भ्वाइस प्याकहरु यथावत रहेको एनसेलले जनाएको छ ।

ग्राहकले आफ्नो आवश्यकताअनुसार जति पटक पनि यी प्याकहरु लिन सक्छन् । एनसेलका ग्राहकले युएसएसडी, आइभिआर, एसएमएस, एनसेल एप कुनै पनि माध्यमबाट भ्वाइस प्याक खरिद तथा सुचारु गर्न सक्नेछन् ।

‘ग्राहकलाई थप सुविधा प्रदान गर्दै आधारभुत भ्वाइस सेवामा चार नयाँ प्याकहरु ल्याउन पाउँदा हामी निकै हर्षित छौं, सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिवद्धता अनुरुप यी प्याकहरु ल्याइएको हो,’ एनसेलका कर्पोरेट सर्भिसेज निर्देशक प्रणय आचार्यले भने ।

एनसेलका सम्पूर्ण प्रिपेड ग्राहकले एस्ट्रिक्स् १७११८ ह्यास डायल गरी प्राप्त जानकरी अनुसार आफ्नो आवश्यकता बमोजिमको भ्वाइस प्याक सुचारु गरी लाभ लिन सक्नेछन्।

आईभिआर मार्फत यो सेवा सुचारु गर्नका लागि १७११८ डायल गरी प्राप्त जानकारी अनुसार सेवा सुचारु गर्न सकिन्छ ।

त्यस्तै ग्राहकले १७११८ मा आफुले लिन चाहेको प्याकको मुल्य टाइप गरि एसएमएस पठाएर पनि यो सेवा सुचारु गर्न सक्छन् ।

कसरी सुचारु गर्ने ?

दैनिक प्याकको लागि ग्राहकले १५ लेखि, साप्ताहिक भ्वाइस प्याकको लागि ७० लेखि, मासिक भ्वाइस प्याकको लागि ३०० लेखि र तीन दिने भ्वाइस प्याकको लागि ३० लेखि १७११८ मा एसएमएस गर्न सक्नेछन् ।

एनसेलका ग्राहकले एस्ट्रिक्स् ९०१ ह्यास डायल गरी आफ्नो प्याकमा बाँकि रहेको टक टाइमको बारेमा जानकारी लिन सक्छन् ।

त्यस्तै ग्राहाले आफ्नो मेसेज बक्समा गई अंग्रेजीमा ‘एस’ लेखि १७११८ मा एसएमएस पठाई आफ्नो प्याकको बाँकि समयावधिको बारेमा जानकारी लिन पनि सक्ने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: ११ मंसिर २०७४, सोमबार