क्लासिकटेकले ल्यायो ‘झट्का अफर’, ६९९ रुपैयाँमै ६ एमबिपिएस इन्टरनेट

Technology Khabar १० मंसिर २०७४, आईतवार

क्लासिकटेकले ल्यायो ‘झट्का अफर’, ६९९ रुपैयाँमै ६ एमबिपिएस इन्टरनेट

काठमाडौं ।

काठमाडौं, १० मंसिर । इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिकटेकले नयाँ इन्टरनेट अफर ‘क्लासिकटेकको झड्का अफर, यति सस्तो कि कन्ट्रोल हुँदैन‘ सञ्चालनमा ल्याएको छ ।

अफरअन्तरगत ६ एमबिपिएस इन्टरनेट प्रतिमहिना ६९९ रूपैयाँ, १२ एमबिपिएस इन्टरनेट प्रतिमहिना ९२५ रूपैयाँ, ३० एमबिपिएस इन्टरनेट प्रतिमहिना ११११ रूपैयाँ र ६० एमबिपिएस इन्टरनेट प्रतिमहिना २१५० रूपैयाँमा उपलब्ध गराउने कम्पनीले जनाएको छ।

अफर अवधिभर बार्षिक जडानमा फाईबर राउटर र तार निशुल्क प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।

बिगत ७ बर्षदेखि आफ्नो सेवा प्रदान गर्दै आएको कम्पनीले नेपालमा ७२ जिल्लामा सेवा विस्तार गरिसकेको छ ।

कम्पनीले नेपालकै सबैभन्दा तिब्रगतिको इन्टरनेट १०० एमबिपिएस घरायसी प्रयोजनको लागि यस अगाडि नै सुपथ मुल्यमा उपलब्ध गराइसकेको उल्लेख गरेको छ । तर यो सेवा एक महिना अबधि को लागि उपलब्ध नहुने कम्पनीले जनाएको छ।

easy care

प्रकाशित: १० मंसिर २०७४, आईतवार