चन्द्रागिरि र टर्किस एयरलाइन्सबिच ग्राहकलाई छुट दिने सम्झौता

Technology Khabar १७ कार्तिक २०७४, शुक्रबार

काठमाडौं ।

काठमाडौं, १७ कात्तिक। चन्द्रागिरि केबलकार र टर्किस एयरलाइन्सवीच टिकट खरिदमा छुट लिने दिने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा चन्द्रागिरि हिल्स लिमिटेडका तर्फबाट महाप्रवन्धक अभिषेक विक्रम शाह र टर्किस एयरलाइन्सको तर्फबाट महाप्रवन्धक अब्दुल्हातुन्सेर केसेचिले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार चन्द्रागिरि हिल्स लिमिटेड र टर्किस एयरलाइन्समा कार्यरत कर्मचारी र यात्रुहरुले दुवै तर्फको टिकट खरिदमा छुटपाउने व्यवस्था मिलाईएको बिज्ञप्तीमा उल्लेख छ । छुट सम्बन्धी व्यवस्था सम्झौता पत्रको सेवा र शर्तहरुमा आधारित हुने जनाइएको छ ।

कर्मचारीहरुको हकमादुवै तर्फको टिकट खरिदमा कम्पनीले जारी गरेको परिचय–पत्र र यात्रुहरुको हकमा यात्रा अवधिको बोर्डिङ्गपास र टिकट देखाउन अनिवार्य गरिएको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: १७ कार्तिक २०७४, शुक्रबार

ताजा समाचार