यस्तो छ ५ लाख रुपैयाँ पर्ने माइक्रोसफ्टको ‘सर्फेस बुक २’ ल्यापटप

Technology Khabar ५ कार्तिक २०७४, आईतवार

यस्तो छ ५ लाख रुपैयाँ पर्ने माइक्रोसफ्टको ‘सर्फेस बुक २’ ल्यापटप

काठमाडौं ।

काठमाडौं, ५ कात्तिक । माइक्रोसफ्टले सर्फेस सिरिजमा सर्फेस बुक २ (Surface Book 2) लन्च गरेको छ । कम्पनीले दुई वर्षअघि सन् २०१५ मा सार्वजनिक गरेको सर्फेस बुकको अपग्रेडड भर्सनमा सर्फेस बुक २ ल्याएको हो ।

यो सर्फेस बुक भन्दा ठूलो छ । माइक्रोसफ्टले सर्फेस बुक २ लाई दुईवटा भेरिएन्टमा ल्याएको छ जसमा एउटा १३.५ इन्च र अर्को १५ इन्चको डिस्प्ले छ । सर्फेस बुक २ मा ८ औं पुस्ताको कोर प्रोसरसर प्रयोग गरिएको छ जून विण्डोज मिक्स्ड रियालिटी रेडी हो ।

सर्फेस बुक २ दुई कलर अप्सन म्याग्नेशियम केसिंग र सिल्भरमा उपलब्ध हुनेछ ।

माइक्रोसफ्टको नयाँ ल्यापटपको स्पेशिफिकेशनको बारेमा हेर्दा यसमा सात फरक फरक भेरिएन्ट उपलब्ध हुनेछ । यसको १३.३ इन्चमा २५६ जीबी एसएसडी र इन्टेल कोर आई ५ प्रोसेसर, २५६ जीबी एसएसडी र इन्टेल कोर आई ७ प्रोसेसर, ५१२ जीबी एसएसडी र इन्टेल कोर आई ७ प्रोसेसर, र १३.५ इन्चमै वान टिबी एसएसडी र इन्टेल कोर आई ७ प्रोसेसरमा उपलब्ध हुनेछ ।

त्यसैगरि १५ इन्च डिस्प्लेमा २५६ जीबी एसएसडी र इन्टेल कोर आई ७ प्रोसेसर, ५१२ जीबी एसएसडी र इन्टेल कोर आई ७ प्रोसेसर, र वान टिबी एसएसडी र इन्टेल कोर आई ७ प्रोसेसरमा उपलब्ध हुनेछ ।

माइक्रोसफ्ट सर्फेस बुक २ को १३.५ इन्चको संस्करणमा पिक्सेल सेन्स डिस्प्ले उपलब्ध छ । जसको रिजोल्यूशन ३,०००X२,००० पिक्सेल छ । त्यस्तै १५ इन्चको भेरिएन्टमा ३,२४०X२,१६० पिक्सेल रिजोल्यूशन भएको पिक्सेलसेन्स डिस्प्ले राखिएको छ ।

माइक्रोसफ्टकाअनुसार यसको ब्याट्रीले १७ घण्टासम्म ब्याकअप दिन सक्षम छ ।

यो ल्यापटपमा ४.२० गीगाहर्जको इन्टेल कोर क्वाडकोर प्रोसेसर प्रयोग गरिएको छ ।

कनेक्टिभिटीका लागि यसमा वाईफाई र ब्लूटूथ छ भने दुईवटा यूएसबी ३.० टाइप ए टाइप पोर्ट र एउटा यूएसबी टाइप सी पोर्ट राखिएको छ । यसका साथै यसमा कार्ड रीडर, ३.५ एमएम हेडफोन ज्याक, २ सरफेस कनेक्ट, ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा, ८ मेगापिक्सेलको रियर क्यामरा तथा ड्यूल माइक्रोफोनसहित डल्बी अडियो उपलब्ध छ ।

यसको १३ इन्चको मोडलको मूल्य १ हजार ४ सय ९९ अमेरिकी डलर अर्थात करिब १ लाख ५६ हजार बाट शुरु हुन्छ भने १५ इन्चको संस्करणको मूल्य ४ हजार ४ सय ९९ अमेरिकी डलर अर्थात करिब ४ लाख ६८ हजार रुपैयाँ बाट शुरु हुन्छ ।

यी दुबै मोडलहरु नोभेम्बर ९ देखि अमेरिकामा मात्र प्रिअर्डरका लागि उपलब्ध हुनेछ । अन्य बजारमा भने त्यसपछि मात्र उपलब्ध हुने बताईएको छ ।

easy care

प्रकाशित: ५ कार्तिक २०७४, आईतवार