बिएफ डियर हिलले नयाँ मोडेलका जुत्ता बजारमा ल्यायो

Technology Khabar २७ भाद्र २०७४, मंगलवार

बिएफ डियर हिलले नयाँ मोडेलका जुत्ता बजारमा ल्यायो

काठमाडौं ।

काठमाडौं, २७ भदौ। बेस फुटवेयर ईण्डष्ट्रिजले चाडपर्बलाई लच्छित गरेर नयाँ मोडलका जुत्ताहरु बजारमा ल्याएको छ ।

कम्पनीको गोदावरी स्थित नयाँ प्लान्ट सुरु गरे पश्चात विभिन्न किसिमका नयाँ मोडलका जुत्ता चप्पलहरु उत्पादन भईरहेको कम्पनीले जनाएको छ ।

कम्पनीले उत्पादन गरेका नयाँ मोडलका जुत्ताहरुमा कुन कच्चा पदार्थद्धारा जुत्ता तयार गरिएको हो, सोको विवरण ट्यागमा समेत उल्लेख गरेको छ ।

बजारमा विभिन्न कम्पनीका जुत्ता चप्पलहरु अन्य मेटीरीयल प्रयोग गरि उत्पादन गर्ने र जेन्यूइन लेदर भनि बिक्री वितरण गरिदै आएको हुँदा आफ्नो उत्पादनको जानकारी प्रदान गर्ने उद्धेश्यका साथ जुत्तामा कुन किसिमको लेदर प्रयोग गरिएको छ, सोको विवरण राख्नुपरेको कम्पनीका अध्यक्ष होमनाथ उपाध्यायले बताए ।

नयाँ प्लान्ट स्थापना पश्चात पचास विभिन्न मोडेलका जुत्ता, चप्पल तथा बेल्टसमेत उत्पादन भईरहेको उपाध्यायले जानकारी दिए।

easy care

प्रकाशित: २७ भाद्र २०७४, मंगलवार

ताजा समाचार