फेस अफ सामसङका रुपमा ज्योत्स्ना योगी

Technology Khabar २५ भाद्र २०७४, आईतवार

फेस अफ सामसङका रुपमा ज्योत्स्ना योगी

काठमाडौं ।

काठमाडौं, २५ भदौ । सामसङ नेपालले ज्योत्स्ना योगीलाई ‘न्यू फेस अफ सामसङ’को रुपमा प्रस्तुत गरेको छ । सामसङ इलेक्ट्रोनिक्स नेपाल अफिसका आइ एम बिज प्रमुख प्रणय रत्न स्थापितले पत्रकार सम्मेलन आयोजना गरी ज्योत्स्ना योगीलाई न्यू फेस अफ सामसङको कदर प्रदान गरे ।

योगी नेपालकी स्थापित मोडल हुन्, उनले विभिन्न विज्ञापन, म्युजिक भिडियोहरु, पत्रपत्रिकाहरुका कभर पेज तथा नेपाली चलचित्रहरुमा आफूलाई प्रस्तुत गर्दै आएकी छिन् । उनका विभिन्न सोसल मिडियाहरुमा लाखौं फलोअर पनि रहेका कम्पनीले जनाएको छ ।

‘योगी गतिशील एवम् बहुमुखी प्रतिभाशाली महिला हुन् र उनमा ऊर्जा र उत्साह उत्तिकै रुपमा विद्यमान रहेको छ । आशा छ, उनका यस्ता विशेषताहरु सामसङ ग्यालेक्सीको लागि पनि अवश्य प्रस्तुत हुनेछन्,’ सामसङ इलेक्ट्रोनिक्स नेपाल अफिसका आइ एम बिज प्रमुख स्थापित भने ।

easy care

प्रकाशित: २५ भाद्र २०७४, आईतवार