ओप्पो ‘एफथ्री एफसी बार्सिलोना लिमिटेड एडिशन’ नेपालमा, मूल्य ३५ हजार रुपैयाँ

Technology Khabar २ भाद्र २०७४, शुक्रबार

ओप्पो ‘एफथ्री एफसी बार्सिलोना लिमिटेड एडिशन’ नेपालमा, मूल्य ३५ हजार रुपैयाँ

काठमाडौं ।

काठमाडौं, २ भदौ । स्मार्टफोन ब्राण्ड ओप्पोले आफ्नो एफथ्री मोडल अन्तर्गत ‘एफसी बार्सिलोना’ लिमिटेड एडिशन नेपाली बजारमा सार्वजनिक गर्ने घोषणा गरेको छ ।

मिड रेञ्ज बजार लक्षित अत्याधुनिक प्रविधि, नवप्रबर्तनात्मक फिचर्सका साथै आकर्षक स्पोर्टी लुक्स र डिजाइनले सुसज्जित लिमिटेड एडिशनको मुल्य ३४ हजार ९ सय ९० रुपैयाँ निर्धारण गरिएको छ । डुअल (दूई ओटा) फ्रण्ट क्यामेरा सहितको फोनमा सेल्फीका लागि १६ मेगापिक्सेल क्षमताको र सामुहिक सेल्फीका लागि वाइड एंगल लेन्सको ब्यवस्था गरिएको छ ।

सुस्पष्ट, चहकिलो रातो मेटल बडी सहितको फोनमा रातो र सुनौलो रंगको संयुक्त प्रयोगले एफसी बार्सिलोनाको बिम्ब दिनुका साथै जीवन्त यूवा फेशनको प्रतिनिधित्व समेत गर्छ ।

केही समय अगाडी मात्रै सार्वजनिक गरिएको ओप्पो एफथ्री कै ‘ब्ल्याक लिमिटेड एडिशन’को सफलता पछि कम्पनीले भित्र्याउन लागेको यो दोस्रो लिमिटेड एडिशन हो ।

सार्वजनिक गर्न लागिएको नयाँ फोनमा गोल्ड प्लेटेड ब्याण्ड्स र एफसी बार्सिलोना लोगोलाई सुहाउने गरी ‘बार्सा रेड’लाई मुख्य रंगका रुपमा प्रयोग गरिएको छ । रातो र सुनौलो रंगको आकर्षक सम्मिश्रणले फोनलाई फेशनेबल तथा आकर्षक लुक्स प्रदान गरेको छ ।

आफ्ना उपभोक्ताका आवश्यता र चाहना अनुरुपका उत्पादन उपलब्ध गराइ तिनलाई पूर्ण सन्तुष्टि प्रदान गर्ने आफ्नो प्रतिबद्धता अनुरुप नयाँ लिमिटेड एडिशन नेपाली बजारमा भ्यिाउन लागिएको कम्पनीले जानकारी दिएको छ । ओप्पो एफथ्री अन्तर्गतको एफसी बार्सिलोना लिमिटेड एडिशन भदौ ३ देखि देशभरका प्रमुख विक्रिकेन्द्रहरु मार्फत उपलब्ध हुनेछ ।

उपभोक्ताको सन्तुष्टि, तिनको माग र आवश्यकता आफ्नालागि प्रमुख प्राथमिकताका विषय भएको नेपालमा ओप्पोका लागि प्रमुख कार्यकारी अधिकृत जोनी जीले बताए ।

‘खेल प्रेमी यूवा र तिनमा पनि विशेष गरी फुटबल प्रेमीहरु संगको सम्बन्ध थप प्रगाढ बनाउने सोचका साथ यस पटक हामीले एफसी बार्सिलोना लिमिटेड एडिशन भ्यिाइ रहेका छौँ,’ उनले भने ।

डुअल सेल्फी क्यामेराका साथै एफथ्रीमा १.३ ईञ्च सेन्सर र पीडीएएफ प्रविधि सहितको १३ मेगा पिक्सेल क्षमताको रियर क्यामेरा छ । साथै, कलर ओएस ३.० मा आधारित एफथ्रीमा अक्टाकोर प्रोसेसर र झञ्झट रहित तिब्र कार्य प्रदर्शनीका लागि ४ जीबी र्याम र ६४ जीबीको आन्तरिक स्टोरेज उपलब्ध छ । फोनमा एकै पटक दूई ओटा नानो सिम र माइक्रोएसडी कार्ड प्रयोग गर्न सकिने ट्रिपल स्लट कार्ड ट्रे पनि छ ।

प्रयोगकर्ताले फोनको प्रयोग लामो समयसम्म निरन्तर गर्न सकुन् भन्ने सोचका साथ यसमा ३ हजार २ सय एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ । प्रत्यक्ष प्रयोग मार्फत गरिएको परिक्षणमा ब्याट्रीले लगातार १५ घण्टा सम्म काम दिएको कम्पनीको दावी छ ।

easy care

प्रकाशित: २ भाद्र २०७४, शुक्रबार