हुण्डाई गाडिको बिराटनगरमा थ्रीएस सेन्टर

Technology Khabar १५ बैशाख २०७४, शुक्रबार

हुण्डाई गाडिको बिराटनगरमा थ्रीएस सेन्टर

काठमाडौं ।

काठमाडौं १५ वैशाख । नेपालका लागि हुण्डाई गाडिको आधिकारिक विक्रेता लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रालिले एकै स्थानमा सेल्स, सर्भिस र स्पेर पार्ट्सको सुविधा प्रदान गर्ने उद्देश्य सहित बिराटनगरस्थित आफ्नो डिलर रोयल अटो वल्र्ड प्रालिको संयोजकत्वमा नयाँ थ्रीएस सेन्टर खोलेको छ ।

बिराटनगर र वरिपरिका क्षेत्रमा रहेको बढ्दो हुण्डाई गाडिको मागलाई मध्यनजरमा राखी सो डिलरसिपको स्थापना गरिएको हो । थ्रीएस सेन्टरको उद्घाटन रोयल अटो वल्र्डका अध्यक्ष भीमप्रसाद पौडेल र लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रालिका कार्यकारी निर्देशक निराकर श्रेष्ठले संयुक्त रुपमा गरे ।

बिराटनगरको केन्द्रीय स्थानमा स्थापना गरिएको नयाँ हुण्डाई थ्रीएस सेन्टरमा ५ वटा सम्म गाडिको सोेरुम, उत्कृष्ट तालिम प्राप्त प्राविधिकहरु, तथा एयर कन्डिसन र वाइफाइ सुविधायुक्त कस्टमर लाउन्ज रहेको छ । यस उत्कृष्ट सेन्टरमा प्रति महिना ६ सयसम्म गाडिलाई सेवा दिने क्षमता रहेको छ ।

हुन्डाईले पोखरा, नारायणघाट, बुटवल, दाङ, दमक, बिर्तामोड, बनेपा, धनगढी, भैरहवा, इटहरी, नेपालगञ्ज र हेटौडा जस्ता प्रमुख शहरहरुमा १३ वटा डिलरसिप स्थापना गरिसकेको जनाएको छ ।

easy care

प्रकाशित: १५ बैशाख २०७४, शुक्रबार

ताजा समाचार