कोकोकोलाको नयाँ विज्ञापन अभियान शुरु

Technology Khabar ८ बैशाख २०७४, शुक्रबार

कोकोकोलाको नयाँ विज्ञापन अभियान शुरु

काठमाडौं ।

काठमाडौं, ८  वैशाख । कोकाकोलाले यो गर्मीको मौसमको शुरुवात सँगै नयाँ विज्ञापन अभियान शुरु गरेको छ, जसमा बलिउडकी चर्चित अभिनेत्री दिपिका पादुकोणले अभिनय गरेकी छिन् ।

नेपालको इतिहासमा पहिलो पटक, कोकाकोला भिडियो विज्ञापन (टिभीसी) क्षेत्रिय रुपमा एकै पटक सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । यो टिभीसी कोकाकोलाको फेसबुक पेजमा शुरु भईसकेको छ, नेपाली टेलिभिजनहरुमा प्रशारण हुनुभन्दा अगाडि नै डिजिटल माध्यममा यो विज्ञापन सार्वजनिक गरिसकिएको छ ।

लिफ्टदिफिलिङ नाराका साथ यो अभियान कोकाकोलाको ‘वान ब्राण्ड’ रणनीतिअन्तरगत कोकाकोलाको सबै ट्रेडमार्क ब्राण्डहरुलाई एकै छातामुनी सिर्जनात्मक रुपमा ल्याउने एकल प्रयास भएको कम्पनीको भनाई छ ।

दिपिका पादुकोणले आफ्नो अनुभव बाँड्दै भनिन्, ‘यो अभियानको सुटिंग गर्दा धेरै नै रमाईलो भयो, यो अवस्थामा मैले साँच्चिकै आफूलाई महसुस गरेँ र यसमा दुई जना मानिसहरु बिचको सम्बन्धलाई निकै कलात्मक रुपमा देखाईएको छ ।’

लिफ्टमा, सेलेब्रेटी दिपिका पादुकोण होटलको एकजना भाग्यशाली र खुशी भएको हाउस किपिंग कर्मचारीसँग फस्छिन् । समस्यामा रहेको बेला कोकाकोला उनीहरु बीच नौलो परिचय स्थापना गर्न सफल हुन्छ र त्यसपछि अचानक माहौल परिवर्तन हुने कम्पनीले उल्लेख गरेको छ ।

easy care

प्रकाशित: ८ बैशाख २०७४, शुक्रबार

ताजा समाचार