सामसङ मोबाइलमा ‘क्यास ब्याक’ अफर, ग्यालेक्सी एस सेभेन एज ६८ हजार ९ सय रुपैयाँमै

Technology Khabar २५ चैत्र २०७३, शुक्रबार

सामसङ मोबाइलमा ‘क्यास ब्याक’ अफर, ग्यालेक्सी एस सेभेन एज ६८ हजार ९ सय रुपैयाँमै

काठमाडौं ।

काठमाडौं । नयाँ वर्षको अवसर पारेर सामसङ मोबाइलले क्यास ब्याक अफर ल्याएको छ । क्यास ब्याक अफर अन्तरगत सामसङले  ५ वटा मोडलका सेट छुटमा विक्री गर्न लागेको हो । सामसङले बजारमा नयाँ फ्ल्यागशिप स्मार्टफोन सामसुङ ग्यालेक्सी एस ८ ल्याउने तयारीका बिच सामसुङ ग्यालेक्सी एस सेभेन ७ एजसहितको फोनको मूल्य घटाएको हो ।

सामसङले ग्राहकहरुलार्इ अधिकतम ८ हजार रुपैयाँदेखि न्युनतम १ हजार रुपैयाँ छुटमा मोबाइल विक्री गर्न लागेको कम्पनीले जानकारी दिएको छ ।

क्यास ब्याक अफर अन्तरगत कम्पनीले बजार मुल्य ८८ हजार ९ सय रुपैयाँ रहेको सामसुङ ग्यालेक्सी एस सेभेन एज ६८ हजार ९ सय रुपैयाँमा विक्री गर्नेछ भने ७७ हजार ९ रुपैयाँ पर्ने सामसुङ ग्यालेक्सी एस सेभेन ६५ हजार ९ सय रुपैयाँमा दिने जनाएको छ।

त्यसैगरी ४५ हजार ९ सय रुपैयाँ पर्ने सामसङ  ग्यालेक्सी ए ७ अब ३९ हजार ९ सय रुपैयाँमा किन्न सकिने छ । यस्तै ३७ हजार ९ सय रुपैयाँको ‘सामसुङ ग्यालेक्सी ए ५’ केबल ३२ हजार ९ सय रुपैयाँमा आउने भएको छ ।

बजेट फोनको रुपमा रुचाइएको सामसङ ग्यालेक्सी जे २ मा १ हजार रुपैयाँको क्यास ब्याक अफर दिइएको छ । यसको बजार १५ हजार ९ सय रुपैयाँ रहेको थियो ।

easy care

प्रकाशित: २५ चैत्र २०७३, शुक्रबार