ट्वीटरको डाटा बचाउने ‘ट्वीटर लाइट’, यसरी एक्टिभ गर्नुहोस्

Technology Khabar २५ चैत्र २०७३, शुक्रबार

ट्वीटरको डाटा बचाउने ‘ट्वीटर लाइट’, यसरी एक्टिभ गर्नुहोस्

काठमाडौं ।

काठमाडौं, २५ चैत । तपाईँलाई ट्वीटरले अधिक डाटा खपत गरेको लागेको छ भने अब त्यसको समाधान आएको छ । हाल अधिकांश ट्वीटेहरुले यो प्रयोग गरेबापत अधिक रकम मोबाइलमा डाटाका लागि खर्च गरिरहेको बेला ट्वीटरले प्रयोगकर्ताहरुको सुविधाका लागि डाटा बचत गर्ने संस्करण ट्वीटर लाइट (Twitter Lite) ल्याएको छ ।

ट्वीटरले मोबाइल वेबसाइटको डाटा सेभिंग सर्भन ल्याएको हो । ट्वीटरको डाटा मैत्री इन्टरनेट संस्करणले यसलाई तेस्रो डाटा मैत्री प्लेटफर्म बनाएको छ । यसअघि फेसबुकले लाइट र यूट्यबले यूट्यूब गो ल्याईसकेका छन् ।

कम्पनीले ब्लगमा लेखेअनुसार ४५ प्रतिशतभन्दा बढि मोबाइल अझै पनि २जीमा छन्। जसले गर्दा कम्पनीले ट्वीटरलाई अप्टिमाइज गरेको हो ।
ट्वीटरले ३०प्रतिशत छिटो चल्ने र नाभिगेट हुने गरि नयाँ लाइट भर्सनको ट्वीटर ल्याएको हो । जसमा योर टाइमलाइन, ट्वीटर्स, डिएम्स, ट्रेण्डस, नोटिफिकेसन तथा अन्य विशेषताहरु उपलब्ध गराएको छ ।

कसरी डाटा बचत एक्टिभ गर्ने

ट्वीटरको अप्टिमाइजेसनले ४० प्रतिशत भन्दा बढि डाटा बचत गर्ने छ । ट्वीटरमा तपाईँले आफ्नो प्रोफाइल पिक्चरमा क्लिक गरेर त्यसपछि डाटा सेभर सेलेक्ट गरेपछि ७० प्रतिशतसम्मको डाटा बचत हुने कम्पनीले उल्लेख गरेको छ । यसको डाटा सेभर मोडलाई आवश्यकताअनुसार अन र अफ गर्न सकिनेछ ।

गूगल क्रोमको पछिल्लो संस्करण एन्ड्रोयडमा प्रयोग गर्नेहरुका लागि भने बुकमार्कको लागि होम स्क्रीनमा सोध्नेछ । त्यसैगरि तपाईँले पुस नोटिफिकेसन तथा अलर्ट पनि देख्नुहुनेछ । ट्वीटर लाइटले तपाईँको मोबाइलको नेटवर्कमा डाटा कनेक्सन कमजोर छ भने अफलाइन सपोर्ट पनि उपलब्ध गराउनेछ ।

यसका साथै ट्वीटरले भारतमा भोडाफोनसँगको सहकार्यमा ट्वीटर लाइटको प्रबद्र्धन गर्दै आईपीएलको लाइभ अपडेट हेर्न चाहनेहरुलाई सुविधा दिन लागेको छ ।

तर गूगल प्लेमा भएको ट्वीटर एपमा डाटा सेभिंग मोड फिचर छैन् ।

easy care

प्रकाशित: २५ चैत्र २०७३, शुक्रबार

ताजा समाचार