एडिडास ब्रान्डका जुत्ताहरुमा एक्सचेन्ज अफर

Technology Khabar २० चैत्र २०७३, आईतवार

एडिडास ब्रान्डका जुत्ताहरुमा एक्सचेन्ज अफर
?

काठमाडौं ।

काठमाडौं २० चैत । नेपालका लागि एडिडास ब्रान्डका जुत्ताहरुको आधिकारिक बिक्रेता रुट्स फेशनले कुनै पनि लगाउन योग्य पुरानो पुरानो ब्रान्डका जुत्ताको सट्टामा एडिडास ब्रान्डका जुत्ता खरिद गर्दा विशेष छुट दिने योजना ‘रिफ्रेश योर गियर’ सञ्चालनमा ल्याएको छ ।

योजनामा ग्राहकले २ हजार रुपैयाँदेखि ३ हजार रुपैयाँसम्म छुट प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ ।

ग्राहकले हरेक ६ हजार ९ सय ९९ रुपैयाँको एडिडास ब्रान्डका जुत्ताको खरिदमा २ हजार रुपैया र सोभन्दा माथिको मूल्यको एडिडास ब्रान्डका जुत्ताको खरिदमा २ हजार ५ सय रुपैयाँका साथै १० हजार ९ सय ९९ भन्दा मथिको मुल्यको जुत्तामा ३ हजार छुट पाउने कम्पनीले जानकारी दिएको छ ।

यस अघिका वर्षहरुमा सञ्चालन गरिएका यसै योजना अन्तर्गत सङ्कलित पुराना तर लगाउन योग्य जुत्ताहरु रुट्स फेशनले “कर्णाली ग्रामीण प्रवद्र्घन तथा सामाजिक विकास पार्क”, “माईती नेपाल” र “न्यानो संसार” लाई हस्तान्तरण गरेको थियो । यस वर्ष भने कम्पनीले एक्सचेन्ज योजना अन्तर्गत संकलित पुराना जुत्ताहरु हरि रोकायालाई प्रदान गर्ने छ ।

हरि रोकाया पश्चिम नेपालमा युवाहरु माझ खेलकुदमा सक्रिय रहेका छन् । साथै उनि गिनिज बुक अफ वर्ल्ड होल्डर पनि हुन ।

योजना चैत १९ (अप्रिल १) बाट शुरु भई एक महिना अवधि रहने छ । उक्त योजना पुरुष तथा महिला स्पोर्टस जुत्ता बाहेकका अन्य जुत्ताहरु (चप्पल, हिल जुत्ता, छालाका जुत्ता, बच्चाका जुत्ता तथा लगाउन नमिल्ने जुत्ता) मा भने लागु नहुने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: २० चैत्र २०७३, आईतवार

ताजा समाचार