एप्पलको सस्तो मूल्यको नयाँ आइप्याड यस्तो छ, शुक्रबारदेखि अर्डर गर्न सकिने

Technology Khabar ८ चैत्र २०७३, मंगलवार

एप्पलको सस्तो मूल्यको नयाँ आइप्याड यस्तो छ, शुक्रबारदेखि अर्डर गर्न सकिने

काठमाडौं ।

काठमाडौं, ८ चैत । एप्पलले नयाँ सिरिजका आइप्याडहरु सार्वजनिक गरेको छ । कम्पनीले आधिकारीक साइटबाट नयाँ सस्तो आइप्याड घोषणा गरेको हो । कम्पनीको ९.७ इन्चको नयाँ आइप्याड (9.7 inch iPad)यहि शुक्रबारदेखि बिक्रीका लागि उपलब्ध हुनेछ ।

एप्पलको नयाँ आइप्याडले यसअघिको आइप्याड एयर २ लाई बिस्थापन गर्नेछ भने यसलाई केबल आइप्याड मात्र भनिएको छ । नयाँ आइप्याड तीनवटा कलरमा ३२ जीबी स्टोरेजसहित उपलब्ध हुनेछ ।

नयाँ र सस्तो आइप्याडको शुरुवाती मूल्य ३२९ अमेरिकी डलर तोकिएको छ जसको फिचरहरु पुराना किसिमको रहेका छन् । यसमा ए नाइन चीपसेट राखिएको छ भने एप्पल पेन्सिल अथवा स्मार्ट कनेक्टरहरु सपोर्ट गर्दैन् ।

तर एप्पलका नयाँ आइप्याडले नयाँ यूजरलाई आकर्षित गर्ने अनुमान गरिएको छ । एप्पलका एसभीपी फिल सिलरले भने, नयाँ आइप्याडले नयाँ प्रयोगकर्ताहरुसहित पुराना आइप्याड धनीहरुलाई आकर्षित गर्नेछ । घर,स्कूल वा कामका लागि नयाँ ट्याबलेट चाहनेलाई उपयुक्त हुनेछ ।
नयाँ आइप्याडमा ९.७ इन्चको रेटिना डिस्प्ले प्रयोग गरिएको छ भने यो यसअघिको आइप्याड एयर २ भन्दा ७० अमेरिकी डलर सस्तो हुनेछ ।

कम्पनीकाअनुसार नयाँ आइप्याडका लागि १.३ मिलियन एप्स निर्माण गरिएको छ । यसमा ८ मेगापिक्सेलको फेस टाइम रियर क्यामरा तथा फ्रन्ट क्यामरा राखिएको छ । त्यसैगरि टच आइडी तथा एप्पल सिम सेलुलर मोडलमा रहेको छ ।

नयाँ सस्तो आइप्याड सिल्भर, गोल्ड तथा स्पेस ग्रे कलर अप्सनमा उपलब्ध छ भने यसको ३२ जीबी वाईफाईसहितको मोडलको मूल्य ४५९ अमेरिकी डलर राखिएको छ ।

हाल यो आइप्याड अर्डर गर्न सकिन्छ भने आगामी सातादेखि एप्पलका रिटेल स्टोरहरुमा उपलब्ध हुने बताईएको छ । यो एप्पलका आधिकारिक स्टोर भएका २० वटा देशहरुमा किन्न सकिन्छ ।

तर यो नयाँ आइप्याड नेपालमा भने ढिला मात्र उपलब्ध हुनेछ । किनकी नेपालमा यसको आधिकारिक स्टोर छैन र विश्वका अन्य बजारमा आएपछि मात्र नेपालमा यसका बिक्रेताले ल्याउने गरेका छन् ।

स्रोत माध्यम

easy care

प्रकाशित: ८ चैत्र २०७३, मंगलवार

ताजा समाचार