वानप्लस ३टी बजारमा उपलब्ध, ५४ हजार ९ सय रुपैंयामा किन्न सकिने

Technology Khabar २४ फाल्गुन २०७३, मंगलवार

वानप्लस ३टी बजारमा उपलब्ध, ५४ हजार ९ सय रुपैंयामा किन्न सकिने

काठमाडौं ।

काठमाडौं, २४ फागुन । नेपालमा वानप्लसको नयाँ भर्सन वानप्लस ३-टी (OnePlus 3T) सार्वजनिक भएको छ । वानप्लसको आधिकारिक बिक्रेता आइहब प्रालिले नेपालमा वानप्लस ३-टीको बिक्री शुरु गरेको हो ।

वानप्लसको नयाँ फ्ल्यागशिप फोन ३-टीको ६४ जीबी भर्सन मात्र नेपालमा उपलब्ध हुनेछ ।

यसअघि सार्वजनिक भएको वानप्लस ३ को भन्दा यो नयाँ ३-टीमा केहि फिचरहरु थप गरिएका छन् । यसमा २.३५ गीगाहर्जको क्वाडकोर क्वालकम स्न्यापड्रागन ८२१ प्रोसेसर राखिएको छ जबकि वानप्लस ३ मा स्न्यापड्रागन ८२० प्रोसेसर रहेको थियो ।

वानप्लस ३-टीमा ५.५ इन्चको अप्टिक एमोलेड फूलएचडी डिस्प्ले राखिएको छ भने कोर्निंग गोरिल्ला ग्लास ४ द्धारा स्क्रीनलाई सुरक्षित बनाईएको छ ।

फोटोका लागि यसमा १६ मेगापिक्सेलको रियर तथा फ्रन्ट क्यामरा राखिएको छ । यसको रियर क्यामरामा अटो फोकस, फेस डिटेक्सन, डिजिटल जूम लगायतका फिचर छन भने फोरके भिडियो रेकर्डिंग गर्न सक्दछ ।

फोनमा ३,४०० एमएचको नन रिमुभेवल ब्याट्री प्याक राखिएको छ भने ड्यास चार्जिंग टेक्नोलोजी उपलब्ध छ जसले ३० मिनेटमा नै दिनभरीको लागि चार्ज गर्न सक्दछ ।

एन्ड्रोयड ७.० नुगटमा आधारित स्मार्टफोनमा ड्यूल नानो सिम प्रयोग हुने यसमा फोरजी एलटिई सपोर्ट गर्दछ ।

नेपाली बजारमा वानप्लस ३-टीको मूल्य ५४ हजार ९ सय रुपैंया तोकिएको छ ।

easy care

प्रकाशित: २४ फाल्गुन २०७३, मंगलवार