स्काइपको लाइट भर्सन स्काइप लाइट एप, अब टूजीमा स्काइप चलाउन सजिलो

Technology Khabar १३ फाल्गुन २०७३, शुक्रबार

स्काइपको लाइट भर्सन स्काइप लाइट एप, अब टूजीमा स्काइप चलाउन सजिलो

काठमाडौं ।

काठमाडौं, १३ फागुन । माइक्रोसफ्टले बुधवारदेखि स्काइपको नयाँ भर्सन सार्वजनिक गरेको छ । कम्पनीले भिडियो म्यासेजिंग एप स्काइपको नयाँ भर्सन स्काइप लाइट (Skype lite) सार्वजनिक गरेको हो ।

यो एप भारतमा विकास गरिएको हो जुन सुस्त गतिको इन्टरनेटमा पनि प्रयोग गर्न सहज हुनेछ । यो नयाँ एप टूजी नेटवर्कका प्रयोगकर्ताहरुका लागि सहज हुनेगरि सार्वजनिक गरिएको हो ।

नयाँ एप म्यासेजिंग, अडियो तथा भिडियो कलिंग कम ब्याण्डविदमा पनि प्रयोग गर्न सकिन्छ । भारतीय बजारमा यसलाई आधार कार्डसँग पनि जोडिएको छ । स्काइप लाइटलाई भेरिफिकेसन गर्नका लागि आधार नम्बरको प्रयोग गर्न सकिनेछ ।

माइक्रोसफ्टका सीईओ सत्या नाडेलाले भारतमा आयोजित फ्यूचर डिकोडेड कार्यक्रममा भने,’१३ एमबी आकारको यो नयाँ एप एन्ड्रोयड डिभाइलका लागि मात्र उपलब्ध छ तथा यसलाई विशेषगरि डाटा बनाउनका लागि डिजाइन गरिएको हो ।’

विशेषगरि भारतका लागि केन्द्रित गरेर बनाईएको यो एपमा अंग्रेजी बाहेक हिन्दि, गुजराती, बंगाली, लगायतका भाषा पनि सपोर्ट गर्दछ ।

स्काइप लाइटमा डाटा फ्रेण्डली फिचर राखिएको छ, जसले प्रयोगकर्तालाई कति डाटा प्रयोग गरिएको छ भनेर जानकारी दिन्छ ।

यसका साथै मोबाइल डाटा तथा वाईफाई डाटा दुबै प्रयोगका बारेमा फरक फरक जानकारी दिन्छ । यसको नयाँ फिचरका साथ यूजरले मल्टिमिडिया फाइल डाउनलोड नगरिकन नै शेयर गर्दछ ।

माइक्रोसफ्टले यस बाहेक स्काइप लाइटसँगै डार्क थीम पनि सार्वजनिक गरेको छ, जसले राती फोन प्रयोग गर्नेहरुलाई ध्यानमा राखेर बनाएको हो ।

easy care

प्रकाशित: १३ फाल्गुन २०७३, शुक्रबार

ताजा समाचार