साओमीको टूरोक स्टेइनहार्ट ब्राण्डिंगमा सनग्लास, पोलराइज्ड चश्माको मूल्य २९ अमेरिकी डलर

Technology Khabar ८ फाल्गुन २०७३, आईतवार

साओमीको टूरोक स्टेइनहार्ट ब्राण्डिंगमा सनग्लास, पोलराइज्ड चश्माको मूल्य २९ अमेरिकी डलर

काठमाडौं ।

काठमाडौं, ८ फागुन । साओमीले (Xiaomi) अब कन्ज्यूमर गुड्स उत्पादनमा पनि हाल हालेको छ । कम्पनीले क्राउडफण्डिंग प्लेटफर्म किट्टिमा नयाँ उत्पादन सनग्लास ल्याएको हो ।

साओमीले ल्याएको सनग्लास टूरोक स्टेइनहार्ट (Turok Steinhardt) ब्राण्डिंगमा आएको छ । साओमीको टिएस सनग्लास पोलराइज्ड सनग्लास हो जसले पूर्णरुपमा अल्ट्राभोइलेट लाइट रोक्दछ । यो चश्माको तौल केबल १८ ग्राम मात्र रहेको छ ।

यो चश्मा नाइलन पोलराइज्ड सामाग्रीबाट बनेको हो जून सामाग्री अन्तरिक्ष यात्रीहरुले अल्ट्राभोइलेट
किरणलगायत अन्य हानीकारक किरणहरु रोक्न प्रयोग गर्दछन् । यो सनग्लासले स्पष्ट दृश्य हेर्न सहयोग गर्ने बताईएको छ ।

यो सनग्लास स्टायलिस फ्रेम डिजाइनमा आएको छ ।

यो टूरोक स्टेइनहाट सनग्लास एमआई होममार्फत फण्डिंग गरेर किन्न सकिनेछ जसको मूल्य १९९ यूआन अर्थात करिब २९ अमेरिकी डलर तोकिएको छ ।

यो चश्मा गन कलरमा उपलब्ध छ, जबकी यसको लेन्स ग्रे, गोल्ड र ब्लू कलर अप्सनमा आउँछ ।

माध्यम

easy care

प्रकाशित: ८ फाल्गुन २०७३, आईतवार