माइक्रोम्याक्स क्यानभास अल्ट्रा एम वान बजारमा, फोरजी भीओएलटिई सपोर्ट गर्ने

Technology Khabar ३ फाल्गुन २०७३, मंगलवार

माइक्रोम्याक्स क्यानभास अल्ट्रा एम वान बजारमा, फोरजी भीओएलटिई सपोर्ट गर्ने

काठमाडौं ।

काठमाडौं । माइक्रोम्याक्सले नेपाली बजारमा नयाँ स्मार्टफोन क्यानभास अल्ट्रा एम वान (Canvas ULTRA M1) सार्वजनिक गरेको छ ।

क्यानभास अल्ट्रा एम वानमा अक्टा-कोर प्रोसेसर राखिएको छ भने यसमा ३जीबी र्याम तथा ३२ जीबीको अान्तरिक स्टाेरेज रहेको छ । फोनमा ५.४ इन्चको फूलएचडी डिस्प्ले राखिएको छ भने फोटोका लागि १३ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।

यो स्मार्टफोन एन्ड्रोयडको मार्शमाल्लो अपरेटिंग सिस्टममा आधारित रहेको छ  भने ४,००० एमएएचको ब्याट्री प्याक रहेको छ ।

फोनमा ड्यूल तथा हाईब्रिड सिम स्लट भएको थ्रीजी तथा फोरजी भीओएलटिई नेटवर्क सपोर्ट गर्दछ । कनेक्टिभिटीका लागि यसमा वाईफाई, ब्लूटूथ लगायतका सुविधा पनि छन् ।

क्यानभास अल्ट्रा एम वान नेपाली बजारमा २२,८९९/– रुपैंया तोकिएको कम्पनीले दिएको छ ।

easy care

प्रकाशित: ३ फाल्गुन २०७३, मंगलवार

ताजा समाचार