स्मार्ट हेयर ब्रस अाउँदै, कपाल टुटेको सुनेर जानकारी दिने

Technology Khabar २० पुष २०७३, बुधबार

स्मार्ट हेयर ब्रस अाउँदै, कपाल टुटेको सुनेर जानकारी दिने

काठमाडौं ।

काठमाडौं, २० पुस । कपाल कोर्दा तपाईँ आफ्नो कपालको अवस्थाको बारेमा चिन्तित हुनहुन्छ भने अब तपाईँको समस्याको समाधान हुने भएको छ । कपाल कोर्दा तथा कपाल टुटेकाे बारेमा जानकारी दिने उपकरण सार्वजनिक भएको छ ।

सौन्दर्य सामाग्री उत्पादन गर्ने कम्पनी लोरियलले हालै स्मार्ट हेयरब्रस सार्वजनिक गरेको छ । कम्पनीले कन्ज्यूमर इलेक्ट्रोनिक्स शो २०१७ को अवसर पारेर सेन्सरसहितको स्मार्ट हेयरब्रस सार्वजनिक गरेको हो। यो ब्रसले उपभोक्ताहरुको कपाकोर्ने बानीलाई सुधार गर्न सहयोग गर्ने अनुमान गरिएको छ ।

लोरियलले सार्वजनिक गरेको “हेयर कोच”को मूल्य २०० अमेरिकी डलर भन्दा तल हुने बताईएको छ, जसमा माइक्रोफोन, गाइरोस्कोप तथा एक्सेलेरोमिटरलगायतका सेन्सरहरु राखिएका छन् ।

यदि यो ब्रस चलाएर तपाईँले कडासँग कपाल कोर्नुभयो भने यो भाइब्रेट हुन्छ ।

यो ब्रस लास भेगासमा सिईएसमा सार्वजनिक गरिएका सौदर्य सामाग्रीहरुमध्ये निकै उपयोगी रहेको छ ।

यो ब्रसको मुख्य विशेषता भनेको तपाइँको कपाल टुट्यो भने यसमा भएको आन्तरिक माइक्रोफोनले त्यसको आवाज रेकर्ड गर्दछ । अन्य सेन्सरहरुले भने यसको प्रयोगकर्ताले कपाल कोरिसकेपछि कस्तो हुन्छ भन्ने बारेमा जानकारी दिने कम्पनीको दाबीछ ।

यो ब्रसले राखेका जानकारीहरु वाईफाई अथवा ब्लूटूथको माध्यमबाट यसको लागि बनाईएको एपमा जानकारी पठाउँछ ।

यसको लागि बनाईएको एपको सफ्टवेयरले कपालको गुणस्तरको बारेमा सहि जानकारी दिनुका साथै विभिन्न उत्पादनहरुको प्रयोगको लागि सुझाव तथा सल्लाह दिनेछ ।

लोरियलको याे उत्पादन करिब १८ महिनादेखि विकास गरिँदै आएको थियो ।

लोरियलको स्मार्ट हेयर ब्रसमा ब्याट्रीद्धारा चार्ज गरिन्छ जसमा डिस्पोजेबल ब्याट्री लाग्दछ र यसमा चार्जको लागि कुनै पोर्ट छैन् ।

कम्पनीकाअनुसार यो ग्याजेट वाटर रेसिस्ट छ, जून बजारमा यो वर्षको अन्त्यमा बिक्रीका लागि उपलब्ध हुनेछ ।

माध्यम

easy care

प्रकाशित: २० पुष २०७३, बुधबार