अमेजनको भिडियो अन डिमाण्ड सेवा, प्राइम भिडियो विश्वभर उपलब्ध

Technology Khabar २९ मंसिर २०७३, बुधबार

अमेजनको भिडियो अन डिमाण्ड सेवा, प्राइम भिडियो विश्वभर उपलब्ध

काठमाडौं ।

काठमाडौं, २९ मंसिर । अमेजन डटकम इन्कले बुधवारदेखि विश्वभर भिडियो अन डिमाण्ड सेवा शुरु गरेको छ । कम्पनीले प्राइम भिडियो नाममा भिडियो अन डिमाण्ड सेवा सार्वजनिक गरेको हो ।

अमेजनको यो सेवा नेपाललगायत विश्वका सबैजसो मुलुकमा उपलब्ध हुनेछ । तर हाल चीनमा भने यो सेवा उपलब्ध भएको छैन् । भिडियो स्ट्रिमिंगको नेतृत्वकर्ता कम्पनी नेटफ्लिक्सले पनि चीनमा आफ्नो सेवा दिएको छैन् । याे सेवामा हालसम्म नेपाली भिडियाेहरू भने उपलब्ध छैनन् । यसकाे एन्ड्राेयड माेबाइल एपबाट ‘नेपाल’ वा ‘नेपाली’ सर्च गर्दा केबल एउटा मात्र भिडियाे भेटिन्छ, त्याे पनि भारतीय भाषामा बनेकाे ।

प्राइम भिडियोमा दि ग्राण्ड टूर, ट्रान्सप्यारेन्ट तथा दि म्यान इन दि हाई क्यासल नामक शोहरु निकै लोकप्रिय रहेका छन् । यी शोहरु भारत, क्यानाडा र फ्रान्स सहित १९ देशहरुमा प्राइमको सदस्यतासँगै बण्डलिंग गरेर आउनेछन् ।

अन्य क्षेत्रहरुमा भने प्राइम भिडियो ग्राहकहरुले शुरुको पहिलो ६ महिना करिब ३ डलर प्रतिमहिना र त्यसपछि करिब ६ डलर प्रतिमहिना तिर्नुपर्नेछ ।

कम्पनीले भिडियोहरु हेर्न प्राइमको सेवाका लागि साइन अप गर्ने आशा राखेरको छ र यसको वार्षिक सदस्यता रकमका लागि मानिसहरुले अनलाइन स्टोरबाट अधिक सामानहरु खरिद गर्ने अपेक्षा गरेको छ ।

एमेजनको प्राइम भिडियो सेवा नेटफ्लिक्सले आफ्नो यस्तै सेवा सार्वजनिक गरेको करिब १वर्षपछि सार्वजनिक भएको हो । नेटफ्लिक्सको सेवा अमेजन प्राइमको भन्दा केहि महंगो रहेको छ ।

अमेजन प्राइम भिडियो सदस्यहरुले मोबाइल डिभाइसहरुमा अफलाइन भिडियोमा समेत पहुँच पाउनसक्ने छन् ।

माध्यम

easy care

प्रकाशित: २९ मंसिर २०७३, बुधबार