हाइसेन्सको ‘ए२’ स्मार्टफोन, अगाडि र पछाडि दुबै भागमा डिस्प्ले

Technology Khabar २० मंसिर २०७३, सोमबार

हाइसेन्सको ‘ए२’ स्मार्टफोन, अगाडि र पछाडि दुबै भागमा डिस्प्ले

काठमाडौं ।

काठमाडौं, २० मंसिर । हाइसेन्स कम्पनीले दुईवटा स्क्रीन भएको स्मार्टफोन ल्याउन लागेको छ । कम्पनीले इ-इन्क डिस्प्लेसहितको स्मार्टफोन बजारमा ल्याउने तयारी गरिरहेको छ ।

गत वर्ष रसियन कम्पनीले योटाफोन (YotaPhone) नाममा दुईवटा स्क्रीन भएको विश्वको पहिलो स्मार्टफोन सार्वजनिक गरेको थियो । यो फोनले बजारमा निरन्तरता दिन नसकेपनि हाल हाइसेन्सले (Hisense) पुन यस्तो फोन ल्याउन लागेको हो । हाइसेन्सले यसलाई ‘ए टू’ (A2) नाम दिएको छ ।

‘हाइसेन्स ए २’ ले भर्खरै चीनमा फोनहरु दर्ता गरिने संस्था टेनामा (TENAA) दर्ता भएको छ । यो स्मार्टफोनको मुख्य डिस्प्ले ५.५ इन्चको फूल एचडी सूपर एमोलेड रहेको छ भने यसको दोस्रो डिस्प्ले ५.२ इन्चको इ-इन्क (e-ink) डिप्ले राखिएको छ । hisense-a2_01

यो डिभाइसमा १.४ गीगाहर्जको अक्टा कोर प्रोसेसर छ भने ४ जीबी र्याम तथा ६४ जीबी स्टोरेज रहेको छ ।

यसमा ३,००० एमएएचको ब्याट्री छ भने फोटोका लागि हाइसेन्स ए२ स्मार्टफोनमा १६ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ । यो फोन एन्ड्रोयडको मार्शमाल्लो ६.० भर्सनमा आधारित भएर आउनेछ ।

तर यो फोन बजारमा कहिले सार्वजनिक हुन्छ र कति मूल्यमा आउँछ भन्ने कुनै जानकारी छैन् ।

माध्यम

easy care

प्रकाशित: २० मंसिर २०७३, सोमबार