एन.बी.ईन्सुरेन्सको दुईवटा साधारण सभा एकै पटक

Technology Khabar १७ मंसिर २०७३, शुक्रबार

एन.बी.ईन्सुरेन्सको दुईवटा साधारण सभा एकै पटक

काठमाडौं ।

एन.बी.ईन्सुरेन्स कम्पनी लिमिटेडको १८औं र १९औं बार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ । लामो समयसम्म हुन नसकेको लेखापरीक्षण सम्पन्न गरी गत आ.ब.मा एकै चोटी चार बर्षको साधारण सभा सम्पन्न गरी शुक्रबार नै दुई बर्षको साधारण सभा गरेको हो ।

साधारण सभामा संचालक समितिका अध्यक्ष अम्बिका प्रसाद पौडेलले साधारण सभा समयमा नै गरेर कम्पनीले नियामक निकायको निर्देशनलाई पालना गरेको दाबी गरे ।

यस साधारण सभाबाट एक शेयर बराबर एक शेयर अनुपातको हकप्रद शेयर दिने निर्णय गरेको छ । यसबाट कम्पनीको चुक्ता पूंजी रु.५४ करोड पुग्ने बताईएको छ ।

कम्पनीले लघु बीमा, कृषि तथा पशु बीमालाई अगाडी बढाउने क्रममा जनकपुर, बर्दिवास, ओखलढुंगा र सोलुखुम्बुको सल्लेरीमा शाखा कार्यालय खोलिसकिएको जानकारी दिएको छ ।

चालु आ.ब.को प्रथम त्रैमाससम्ममा रु.१६ करोड २२ लाख प्रिमियम संकलन, रु.१ करोड २० लाख खुद मुनाफा आर्जन गरेको छ ।

कम्पनीले देशभर १७ वटा शाखा कार्यालय, ५ वटा सम्पर्क कार्यालय र ८ वटा सेवा काउण्टर गरी कूल ३० स्थानबाट बीमा सेवा प्रदान गरिरहेको जनाएको छ ।

easy care

प्रकाशित: १७ मंसिर २०७३, शुक्रबार

ताजा समाचार