आइफोन प्रयोगकर्ताहरु होशियार, प्रांक भिडियोले फोन नै बन्द हुने

Technology Khabar ८ मंसिर २०७३, बुधबार

आइफोन प्रयोगकर्ताहरु होशियार, प्रांक भिडियोले फोन नै बन्द हुने

काठमाडौं ।

काठमाडौं, ८ मंसिर । यदि तपाईँ आइफोन (iPhone) प्रयोगकर्ता हुनुहुन्छ भने होसियार हुनुहोस, एउटा प्रांक भिडियोले (Prank video) तपाईँको आइफोन क्रयास गराउनेछ ।

हालसालै अनलाइनमा एउटा प्रांक भिडियो भाइरल भईरहेको छ जून आइफोनमा संचालन हुने बित्तिकै फोनलाई शुरुमा स्लो बनाउँछ र कुनैपनि कार्य गर्न सकिँदैन भने पछि फोन क्रयास गराउँदछ ।

यो भाइरल भिडियोले आइफोनलाई समस्यामा पारिरहेको बताईएको छ ।

यो केबल ३ सेकेण्डको भिडियोले आइफोनलाई क्रयास बनाएको छ जून एमपी फोर फम्र्याटमा रहेको छ । यो भिडियोमा कोई व्यक्ति बेडको नजिकमा छ र स्क्रीनमा अंग्रेजी भाषामा हनी लेखिएको देखिन्छ ।

एक पटक यो भिडियो क्लिप अन गरेपछि आइफोन केहि सेकेण्डसम्म प्रयोग गर्न सकिएपनि त्यसपछि स्लो हुने र अन्त्यमा शट डाउन हुन्छ । यो समस्या आइफोन ४ (iPhone 4) देखि हालै सार्वजनिक भएको आइफोन सेभेनमा (iPhone 7) पनि देखिएको छ, जसले सबै आइफोनलाई क्रास गराउँछ ।

बन्द भएको केहि आइफोन पुन चलाउन सकिएको बताईएपनि कयौं आइफोनहरु भने सँधैका लागि बन्द हुन पुगेका छन् । त्यसैले तपाइँको आइफोनमा पनि यो भिडियो आएको छ भने त्यसलाई तुरुन्त हटाउनु होस् ।

हालसम्म विशेषज्ञहरुले यो भिडियोको कारण किन आइफोन बन्द भईरहेको छ भने पत्ता लगाउन सकेका छैनन भने अनुसन्धान जारी भएको बताईएको छ । विशेषज्ञहरुले यो भिडियोमा कुनै बग रहेको र जसले आइफोनलाई क्रयास गरेको अनुमान गरेका छन् ।

यस्तो किसिमको भिडियो गत वर्ष पनि टेक्स्ट म्यासेजको रुपमा आएको थियो । फेरी यो वर्षको जनवरीमा एक वेबसाइटको माध्यमबाट प्रांक आएको चर्चा भएको थियो ।

यदि तपाईँ गल्तिले यो अनलाइन प्रांक भिडियो लिंकमा गएर भिडियो हेर्नुभयो भने एक पटक आइफोन फोनलाई रिबुट गर्न नबिर्सनुहोस् । यसो भएमा तपाईँको फोन पुन अन हुने संभावना रहनेछ ।

यो भिडियोले आइफोनलाई कसरी स्लो बनाउँछ र शट डाउन हुन्छ भन्ने जान्नको लागि अंग्रेजी भाषाको याे भिडियो लिंकमा हेर्न सक्नुहुनेछ ।

easy care

प्रकाशित: ८ मंसिर २०७३, बुधबार

ताजा समाचार

Digital and Intelligent Asia-Pacific Congress 2024 held in Bangkok

१९ बैशाख २०८१, बुधबार

Shenzhou-17 astronauts arrive in Beijing

१९ बैशाख २०८१, बुधबार

News Commentary: Time to reinforce efforts for digital transformation

१९ बैशाख २०८१, बुधबार