ड्रोनबाट व्यवसायीक उडान रुवाण्डामा शुरु,अस्पतालमा अत्यावश्यक सामाग्री ढुवानी

Technology Khabar २८ आश्विन २०७३, शुक्रबार

ड्रोनबाट व्यवसायीक उडान रुवाण्डामा शुरु,अस्पतालमा अत्यावश्यक सामाग्री ढुवानी

काठमाडौं ।

काठमाडौं, २८ असोज । मानवरहित यान अर्थात ड्रोनको परिक्षण र यसको उपयोगिताको बारेमा निकै चर्चाहरु आईरहेका छन् । विभिन्न कम्पनीहरुले यस्ता ड्रोनहरु हाल विभिन्न तस्विर लिन तथा सूचना संकलन गर्न प्रयोग गरिरहेको बेलामा दक्षिण अफ्रिकाको गरिब देश भनेर चिनिने रुवाण्डामा यसको व्यवसायीक प्रयोग शुरु भएको छ ।

रुवाण्डामा यसको पहिलो व्यवसायीक नियमित ड्रोन डेलिभरी शुरु भएको छ जसलाई विश्वको पहिलो व्यवसायीक उडान पनि भनिएको छ ।

रुवाण्डामा हाल फिक्स्ड विंग अर्थात झिक्न नमिल्ले पखेँटासहितको ड्रोनले अटोमेटिक उडान गर्दै आफ्नो निश्चित स्थानमा जानसक्दछ । जसले सानो सानो प्याकेजहरु ढुवानी गर्न सक्दछ । यस्तो प्याकेजहरु प्यारासुटसहितका हुन्छन र यस्ता ड्रोनहरु जमिनमा ल्याण्ड गर्न नपर्ने किसिमले प्रयोग गर्न सकिन्छ ।

यस्तो व्यवसायीक ड्रोन उडान यसअघिको सडक मार्गभन्दा निकै छिटो भएको बताईएको छ ।

अमेरिकी स्टार्टअप कम्पनी जिपलाइनले (Zipline) यो परियोजना संचालन गरिरहेको छ, जसमा स्पेस एक्स, गूगल, लकहिड मार्टिन तथा अन्य टेक कम्पनीहरुमा काम गरिरहेका इन्जिनियरहरु कार्यरत छन् ।zipline-drone_03

हाल जिपलाइनका ड्रोनहरुले प्रारम्भिकरुपमा रगत, प्लाज्मा तथा अन्य आवश्यक वस्तुहरु अस्पतालहरुमा पुर्याउने कार्य गरिरहेका छन् । ड्रोनको प्रयोगले अस्पतालमा आवश्यक पर्ने ती वस्तुहरुको कुर्ने समयमा निकै कटौती भएको छ ।

यस्ता ड्रोनहरु क्याटापुलबाट निश्चित दिशामा उडाइन्छ र यात्रुसहितका हवाईजहाज उड्ने हवाई उडान क्षेत्र भन्दा बाहिर यो ५०० फिट/१५२ मिटर मुनीबाट उड्दछ । यस्ता मानवरहित विमानहरुको कार्यसंचालन दूरी क्षमता १५० किलोमिटरसम्म भएपनि यी त्यो भन्दा दोब्बर दूरीसम्म उडान गर्नसक्दछन् ।zipline-drone_04

यी ड्रोनहरुमा साना साना ब्याट्रीहरुको प्रयोग गरिएको छ भने जीपीएस लोकेसन डाटाको आधारमा यसलाई निर्देशित गरिन्छ ।

यीनिहरुले एयर ट्राफिक कन्ट्रोल तथा तिनिहरुको बेसस्टेशनमा जानकारीहरु सेल्यूलरको माध्यमबाट पठाउँछन् ।

हाल जिपलाइनले १५ वटा जिप्सको उडान गरिरहेको छ भने कम्पनीले हाल मोटरबाइक वा एम्बुलेन्सबाट ढुवानी गर्दा लाग्ने खर्च बराबरकै खर्च प्रति ड्रोन ढुवानी प्रयोगमा लाग्ने बताएको छ ।

स्रोत

easy care

प्रकाशित: २८ आश्विन २०७३, शुक्रबार

ताजा समाचार