नेपाल इन्भेष्टमेण्ट बैंकको २० प्रतिशत बोनस सेयर तथा २१ प्रतिशत नगद लाभांश

Technology Khabar १२ आश्विन २०७३, बुधबार

नेपाल इन्भेष्टमेण्ट बैंकको २० प्रतिशत बोनस सेयर तथा २१ प्रतिशत नगद लाभांश

काठमाडौं ।

काठमाडौँ, १२ असोज । नेपाल इन्भेष्टमेण्ट बैंकले ३०औँ वार्षिक साधारण सभा असोज ११ गते काठमाडौँमा सम्पन्न गरेको छ । साधारण सभाबाट बैंकले आफ्ना शेयरधनीहरूलाई कुल चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर, तथा २१ प्रतिशत नगद लाभांश पारित गरेको छ ।
यो वर्ष बैंकले आफ्नो चुक्ता पुँजी वृद्धि गरी रू. ८ अर्ब ७१ करोड र कुल पुँजी कोष रू. १६ अर्ब २९ करोड पु¥याएको छ ।

भुवनेश्वरप्रसाद शाह तथा निराजनमान श्रेष्ठलाई साधारण शेयरधनीहरूको प्रतिनिधित्व गर्दै सञ्चालकका रूपमा तथा विनोदकुमार गुरागाईँलाई विगतको राष्ट्रिय वाणिज्य बैंकको प्रवद्र्धन समूहको प्रतिनिधित्व गर्दै सञ्चालक नियुक्त गरिएको बैंकले जानकारी दिएको छ ।

चालु आ.व.मा नेपाल इन्भेष्टमेण्ट बैंकले रू. ४ अर्ब १३ करोडको सञ्चालन नाफा कमाएको छ । त्यसै गरी खूद नाफा ३०.०२ प्रतिशत ले बढेर रू. २ अर्ब ५५ करोड पुगेको छ । बैंकको निक्षेप १९.८६ प्रतिशत ले बढेर रू. १ खर्ब ८ अर्ब ६३ करोड पुगेको छ । बैंकको कर्जा लगानी २८.५४ प्रतिशतले बढेर रू. ८७ अर्ब १ करोड पुगेको छ । बैंकका ४७ शाखारहित बैंकिङ सेवा, ८२ ए.टि.एम. सेवा, र ५ लाख ५० हजार कार्डवाहक ग्राहकहरू रहेको जनाएको छ ।

easy care

प्रकाशित: १२ आश्विन २०७३, बुधबार