एलोकाकोक ब्राण्डका उत्पादनहरु नेपालमा, क्यान कमटेकमा हरेक सामाग्री किन्दा छुटैछुट

Technology Khabar २२ भाद्र २०७३, बुधबार

एलोकाकोक ब्राण्डका उत्पादनहरु नेपालमा, क्यान कमटेकमा हरेक सामाग्री किन्दा छुटैछुट

काठमाडौं ।

काठमाडौं, २२ भदौ । विभिन्न इलेक्ट्रीक डिभाइसहरु उत्पादन गर्दै आएको अन्तराष्ट्रिय कम्पनी एलोकाकोकले (Allocacoc) ब्लगर्स मिट गरेको छ । कम्पनीले नेपाली ब्लगरहरुसँग एलोकाकोक ब्राण्डको उत्पादनहरु, यसका विशेषताहरु, उपलब्धतालगायतको बारेमा छलफल गरेको हो ।

एलोकाकोक ब्राण्डको उत्पादनहरु बिगत एक वर्षदेखि बिक्री गर्दै आएको आधिकारिक बिक्रेता सामी ट्रेडर्सले (Same Traders) अन्तर्राष्ट्रिय ब्राण्डको उत्पादनहरुको बारेमा जानकारी दिएको हो । कार्यक्रममा सामी ट्रेडर्सका प्रमुख कार्यकारी अधिकृत दिनेश गुरुङ्गले एलोकाकोक ब्राण्डको सामाग्रीहरुको विशेषताहरुको बारेमा जानकारी दिएका थिए । उनले विश्वस्तरको ब्राण्डका इलेक्ट्रीक डिभाइसहरु नेपाली बजारमा सूपथ मूल्यमा बिक्री गरिरहेको भन्दै यी उत्पादनहरुले विद्युतिय दुर्घटना न्यूनीकरण गर्न महत्वपूर्ण भएको बताए । उनले भने, ‘हामीले नेपालमा एलोकाकोकका विभिन्न उत्पादनहरु बिक्री गरिरहेका छौं । यी आविश्कारीक उत्पादनहरु पूर्ण ग्यारेन्टीका साथ बजारमा उपलब्ध छन् ।’

एलोकाकोक
एलोकाकोक ब्राण्डको आधिकारिक बिक्रेता सामी ट्रेडर्सका प्रमुख कार्यकारी अधिकृत दिनेश गुरुङ्ग जानकारी दिँदै । तस्विरः मोबाइल्सखबर

कम्पनीले यहि भदौ २३ गतेदेखि आयोजना हुन लागेको क्यान कमटेक २०१६ प्रदर्शनीमा पनि सहभागीता जनाउने र विभिन्न योजनासहित सामाग्रीहरु बिक्री गर्ने जानकारी दिएको छ ।

नेदरल्याण्डको अन्तर्राष्ट्रिय कम्पनी एलोकाकोकले नेपाली बजारमा हाल पावर यूएसबी केबल, पावर क्यूब ओरिजिनल, पावर क्यूब ओरिजिनल यूएसबी,  पावरक्यूब रिमोट सिग्नल, पावरक्यूब एक्सटेन्डेड, पावरक्यूम एक्सटेण्डेड यूएसबी, पावरक्यूब एक्सटेण्डेड रिमोट सिग्नल, पावरक्यूब एक्सटेण्डेड रिमोट सेट, पावरक्यूब रिवायरेबल यूएसबी टाइप यूके, पावरबार ईयू, पावरबार यूएसबी, पावरक्यूब रिवायरेबल यूके, अडियोक्यूब पोर्टेबल टिम्बर उड, अडियोक्यूब पोर्टेबल, पावर यूएसबी हब जस्ता विभिन्न सामाग्रीहरु बिक्री गर्दै आएको छ ।Allocacoc_03

कम्पनीले यी उत्पादनहरु आधुनिक कार्यालय, घर तथा व्यवसायीक रुपमा प्रयोग गर्न सकिने र यसले विद्युतीय दुर्घटनालाई रोक्न सहयोग गर्ने उल्लेख गरेको छ ।

क्यान कमटेक अफर

एलोकाकोकले क्यान कमटेकको अवसर पारेर आफ्नो स्टलबाट खरिद गर्ने ग्राहकहरुका लागि हरेक सामानको खदिमा विशेष छुट अफर ल्याएको छ । कम्पनीले क्यान कमटेकमा न्यूनतम ३० प्रतिशतको छुटदेखि विभिन्न सामान निशुल्क दिने कम्बो अफर पनि सार्वजनिक गरेको छ ।

कम्पनीले क्यान कमटेक आयोजनाको अवसर पारेर ल्याएको अफर यस्तो छ ।

  • पावर यूएसबी केबलको बजार मूल्य रु ४९०, अफर मूल्य रु ३५०
  • पावरक्यूब ओरिजिनलको बजार मूल्य रु ६९० अफर मूल्य रु ५५०
  • पावरक्यूब ओरिजिनल यूएसबी बजार मूल्य रु १,१९० अफर मूल्य रु १,०००
    माथि उल्लेखित सामाग्रीहरुको कम्बो अफर रु १,२५० मा यूएसबी केबल निशुल्क
  • पावरक्यूब ओरिजिनल रिमोट सिंगल बजार मूल्य रु १,२९० अफर मूल्य रु १,०००
  • पावरक्यूब ओरिजिनल रिमोट सेट बजार मूल्य रु १,७९० अफर मूल्य रु १,५००
  • पावरक्यूब एक्सटेन्डेड बजार मूल्य रु ८९० अफर मूल्य रु ७५०
  • पावरक्यूब एक्सटेण्डेड यूएसबी बजार मूल्य रु १,२९०
  • पावरक्यूब एक्सटेण्डेड रिमोट सिंगल बजार मूल्य रु १,४९० अफर मूल्य रु १,३५०
  • पावरक्यूब एक्सटेण्डेड रिमोट सेट बजार मूल्य रु २,४९० अफरमा मूल्य रु २,४५० मा पावरक्यूब ओरिजिनल सित्तैमा
  • पावरक्यूब रिवायरेबल यूएसबी टाइप यूके बजार मूल्य रु १,५९० अफर मूल्य रु १,५०० मा यूएसबी केबल सित्तैमा
  • पावरबार ईयू बजार मूल्य रु १,१९०
  • पावरबार यूएसबी बजार मूल्य रु  १,२९० अफर मूल्य रु १,२५० मा यूएसबी केबल निशुल्क
  • पावरक्यूब रिवायरेबल यूके बजार मूल्य रु १,२९० अफर मूल्य रु १,०००
  • अडियोक्यूब पोर्टेबल बजार मूल्य रु ७,५०० अफर मूल्य रु ६,९०० मा पावरक्यूब ओरिजिनल सित्तैमा
  • अडियोक्यूब पोर्टेबल टिम्बर उड बजार मूल्य रु ९,५०० अफर मूल्य रु ८,५०० मा पावरक्यूब ओरिजिनल यूएसबी दिने
  • पावर यूएसबी हब बजार मूल्य रु १,३५० अफर कम्बो १,४५० मा यूएसबी केबल निशुल्क
  • पावर यूएसबी हब पोर्टेबल बजार मूल्य रु २,५९० कम्बो अफरमा यूएसबी केलब निशुल्क

उल्लेखित अफर र छुट क्यान कमटेकको अवधिसम्म मात्र दिने कम्पनीले जानकारी दिएको छ ।

एलोकाकोक ब्राण्डका इलेक्ट्रीक उत्पादनहरु हाल अनलाइनमा सस्तो डिल, केमू, नेपाल कन्ट्रक्सन मार्गमा अनलाइन उपलब्ध छन भने नेपालका प्रमुख शहरहरुमा विभिन्न स्टोरहरुबाट खरिद गर्न सकिन्छ । कम्पनीले आगामी दिनमा नेपाली बजार तथा ग्राहकहरुलाई ध्यानमा राखेर नयाँ उत्पादनहरु सार्वजनिक गर्ने उल्लेख गरेको छ ।

easy care

प्रकाशित: २२ भाद्र २०७३, बुधबार

ताजा समाचार

Ministry says its attention drawn to internet service disruption

२० बैशाख २०८१, बिहीबार

“HONOR May Utsav”

२० बैशाख २०८१, बिहीबार

Government effortful for boosting investment in IT sector :Minister Sharma

२० बैशाख २०८१, बिहीबार

Ukraine unveils AI-generated foreign ministry spokeswoman

२० बैशाख २०८१, बिहीबार