सामसंग जे म्याक्स ट्याब बजारमा, किन्दा ब्लूटूथ हेडसेट निशुल्क पाईने

Technology Khabar ७ भाद्र २०७३, मंगलवार

सामसंग जे म्याक्स ट्याब बजारमा, किन्दा ब्लूटूथ हेडसेट निशुल्क पाईने

काठमाडौं ।

काठमाडौं, ६ भदौ । सामसंगले नेपाली बजारमा ग्यालेक्सी जे म्याक्स (Galaxy J MAX) नामक ट्याबलेट सार्वजनिक गरेको छ । कम्पनीले केहि दिनअघि देखि नै बजारमा पठाएको यो नयाँ ट्याबलेट औपचारिकरुपमा घोषणा नगरिकन नै बजारमा ल्याएको हो।

सामसंग जे म्याक्समा ७ इन्चको टिएफटी क्यापासिटिच टच स्क्रीन राखिएको छ जसको रिजोल्यूशन ८००x१२८० पिक्सेल रहेको छ । यसमा ड्यूल सिम सपोर्ट रहेको छ भने यसको स्टोरेज बढाउन छुट्टै मेमोरी कार्ड स्लट दिईएको छ ।

नयाँ ट्याबलेटमा १.५ गीगाहर्जको क्वाड कोर प्रोसेसरका साथमा १.५ जीबीको र्याम छ भने ८ जीबीको इन्टरनल स्टोरेज राखिएको छ जसलाई बढाएर २०० जीबीसम्म पुर्याउन सकिन्छ ।Samsung-Galaxy-J-Max-01

यसमा एलईडी फ्ल्याशसहितको ८ मेगापिक्सेलको रियर क्यामरा तथा २ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ भने एन्ड्रोयडको ललीपपमा ५.१ भर्सनमा आधारित रहेको छ ।

जे म्याक्समा थ्रो जी तथा फोरजी एलटिई, एक्सेलेरोमिटर, ब्लूटूथ ४.०, माइक्रो यूएसबी २.० विथ अन दि गो, वाईफाई, एफएम, जीपीएसलगायतका फीचरहरु छन् । यो ट्याबमा ४,००० एमएएचको नन रिमूभेवल ब्याटी राखिएको छ ।

एस बाइक मोड (S-Bike Mode)

सामसंगको नयाँ ट्याबमा किड्स मोड, स्मार्ट म्यानेजर, रिडिंग मोड, पावर सेभिंग मोडको सुविधा छ भने पछिलो समयमा चर्चित भएको एस बाइक मोड (S-Bike Mode) पनि यसमा राखिएको बताइएको छ ।

ग्यालेक्सी जे म्याक्सको खरिदमा सामसंग ब्लूटूथ हेडसेट

कम्पनीले ग्यालेक्सी जे म्याक्सको खरिदमा सामसंग ब्लूटूथ हेडसेट (Samsung Bluetooth Headset) पनि दिने भएको छ । कम्पनीले नेपाली बजारमा यो ट्याबको मूल्य २१,९००/- तोकेको छ ।

easy care

प्रकाशित: ७ भाद्र २०७३, मंगलवार

ताजा समाचार

Digital and Intelligent Asia-Pacific Congress 2024 held in Bangkok

१९ बैशाख २०८१, बुधबार

Shenzhou-17 astronauts arrive in Beijing

१९ बैशाख २०८१, बुधबार

News Commentary: Time to reinforce efforts for digital transformation

१९ बैशाख २०८१, बुधबार