इन्टेलले बनायो फोन तथा कम्प्यूटर नचाहिने ‘भिआर हेडसेट’

Technology Khabar १ भाद्र २०७३, बुधबार

इन्टेलले बनायो फोन तथा कम्प्यूटर नचाहिने ‘भिआर हेडसेट’

काठमाडौं ।

काठमाडौं, १ भदौ । इन्टेल हालै नयाँ तथा अनौठो किसिमको भर्च्यूअल रिआलिटि हेडसेट (Virtual Reality Headset) सार्वजनिक गरेको छ । यस भिआर हेडसेटमा कुनै फोन अथवा कम्प्यूटर बिना नै भर्च्यूअल रिआलिटिको अनुभव गर्न सकिन्छ ।

इन्टेलले प्रोजेक्ट एलोए (Project Alloy) अन्तरगत अल-इन-वान भिआर हेडसेट सार्वजनिक गरेको हो । यो हेडसेट पूर्णरुपमा वायरलेस रहेको छ भने यसमा आफ्नै प्रोसेसर तथा ब्याट्री राखिएको छ । एलोएले प्रयोगकर्ता रहेको कोठाको बारेमा पनि जानकारी राख्नेछ भने हेडसेट प्रयोगकर्ताको हातको औंलाको गतिबिधिहरुसँग पनि अन्तरक्रिया गर्नेछ । alloy_02

यो भिआरमा एउटा क्यामरा पनि राखिएको छ जसले कोठामा भएका बस्तुहरु हेर्न सकिन्छ । इन्टेलले यसलाई मर्ज्ड रिआलीटि “Merged Reality” अन्तरगत ल्याएको हो । यो भिआर हेडसेटमा कम्प्यूटेशन तथा ग्राफिक्स पावर दिईएको छ । जसको माध्यमबाट भर्च्यूअल रिआलिटि इमेज बन्दछ र यसमा भएको ब्याट्रीले इन्टेल थ्रीडी क्यामरा सेन्सर अपरेट हुन्छ ।

इन्टेलको एलोए भिआर हेडसेट माइक्रोसफ्टको होलोलेन्ससँग मिक्स्ड रिआलिटि जस्तै रहेको छ । इन्टेलका सिईओ ब्रायन क्रानिचले भने, “कसैले पनि एलोए हार्डवेयरलाई विण्डोज होलोग्राफिक्ससँग जोडेर विश्वको उत्कृष्ट भिआर सिस्टम बनाउन सक्नेछ ।”intel-1

उक्त भिआरको बारेमा हालै इन्टेलद्धारा आयोजना भईरहेकोे अन्तराष्ट्रिय डेलपर्स फोरममा डेमो प्रदर्शन गरिएको थियो । जहाँ भिआर हेडसेट प्रयोगकर्ताले कोठा भित्रको वरिपरिको वातावरणको बारेमा थाहा पाएका तथा भर्च्यूअल रिआलिटिमा कोठाको ढोका खोलेका थिए ।

माध्यम

easy care

प्रकाशित: १ भाद्र २०७३, बुधबार

ताजा समाचार