क्यान महासंघले पहिलो पटक ‘क्यान कमटेक २०१६’ प्रदर्शनी गर्दै

Technology Khabar १ भाद्र २०७३, बुधबार

क्यान महासंघले पहिलो पटक ‘क्यान कमटेक २०१६’ प्रदर्शनी गर्दै

काठमाडौं ।

काठमाडौं, १ भदौ । क्यान महासंघले यहि भदौ २३ गते देखि २६ गतेसम्म भृकुटीमण्डप स्थित प्रदर्शनीहलमा क्यान कमटेक २०१६ (इन्फरमेसन, कम्युनिकेशन र टेक्नोलोजी प्रदर्शनी) आयोजना गर्ने भएको छ ।

प्रदर्शनीमा ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, Electronic Security तथा Safety and Solution, हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, आई सी.टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्,  पेमेन्ट सोलुसन्स् र अन्य स्टलहरु रहनेछन्। क्यानले पहिलो पटक यस्तो प्रकारको प्रदर्शनी आयोजना गर्न लागेको जानकारी दियो ।

स्वदेशी तथा विदेशी सर्भिसेस एण्ड सोलुशनस् र ब्रोडब्याण्ड ईन्टरनेट र कम्प्युनिकेशन टेक्नोलोजी सम्बन्धि कम्पनीहरुले भागलिने क्यान कमटेक २०१६ को टाइटल स्पोन्सर सुबिसु केवलनेट प्रा.लि. र एशोसिएट स्पोन्सरको रुपमा सामसुङ रहेको हुँदा क्यान कमटेकको अफिसियल नाम नै “सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ” राखिएको क्यानले जानकारी दिएको छ ।

सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङमा जम्मा ८१ वटा स्टलहरु रहनेछन् ।

यस पटकको प्रदर्शनीमा सेक्यूरिटी सोलुशन्स कम्पनीहरुका लागि छुट्टै प्याभिलियनको व्यवस्था गरिएको छ । उक्त प्याभिलियनमा अबलोकनकर्ताहरुले Electronic Security तथा Safety and Solution का उपकरणहरु जस्तै  CCTV, Access Control System, Sensor and Alarm, Staff Attendance, Fire and Smoke Detector, Fire Fighter आदि रहने छन ।

त्यस्तै यस संस्करणको प्रदर्शनीमा विशेष गरी ब्रोडब्याण्ड ईन्टरनेट र कम्प्युनिकेशन टेक्नोलोजीलाई जोड दिएको बताईएको छ । नेपाल सरकारले परिकल्पना गरेको स्मार्ट सिटीको आधारभुत पूर्वाधार सम्बन्धि जानकारी यस प्रदर्शनीमा उपलब्ध हुने क्यानले उल्लेख गरेको छ ।

सुविसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क रु ५०/–र विद्यार्थीहरुलाई रु २५/–तोकिएको छ । प्रदशनीमा १,५०,००० अवलोकनकर्ताहरुले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

easy care

प्रकाशित: १ भाद्र २०७३, बुधबार