लाभाका इन्ट्रि लेभलका दुई स्मार्टफोनहरु, थ्रीजी सपोर्ट गर्ने

Technology Khabar ५ श्रावण २०७३, बुधबार

लाभाका इन्ट्रि लेभलका दुई स्मार्टफोनहरु, थ्रीजी सपोर्ट गर्ने

काठमाडौं ।

काठमाडौं, ५ साउन । लाभाले  दुईवटा नयाँ इन्ट्रि लेभलको स्मार्टफोनहरु सार्वजनिक गरेको छ । लाभाले ए६८ (Lava A68) तथा ए ३२ (Lava A32) स्मार्टफोन भारतीय बजारमा सार्वजनिक गरेको हो ।

कम्पनीका दुबै इन्ट्रि लेभलका स्मार्टफोनहरुमा थ्रीजी सपोर्ट रहेको छ । लाभा ए६८ गोल्ड, सिल्भर कलरमा उपलब्ध हुनेछ भने ए ३२ ब्ल्याक र ह्वाइट कलरमा उपलब्ध हुनेछ ।

लाभा ए६८

कम्पनीले सार्वजनिक गरेको ए ६८ स्मार्टफोनमा ४.५ इन्चको स्क्रीन राखिएको छ, जसको रिजोल्यूशन ८००x४०० पिक्सेल रहेको छ । यसमा १.२ गीगाहर्जको क्वाड कोर प्रोसेसरका साथमा १ जीबीको र्याम तथा ८ जीबीको इन्टरनल स्टोरेज राखिएको छ, स्टोरेजलाई बढाएर ३२ जीबीसम्म पुर्याउन सकिन्छ ।

यो फोनमा ५ मेगापिक्सेलको रियर क्यामरा छ भने फ्रन्ट क्यामरा भिजीए रहेको छ । यसमा १७०० एमएएचको ब्याट्री प्याक रहेको छ । यसमा वाईफाई, ब्लूटूथ ४.०, माइक्रो यूएसबी पोर्टलगायतका सुविधा रहेको छ ।

ड्यूल सिम रहेको यो स्मार्टफोन एन्ड्रोयडको मार्शमाल्लो ६.० भर्सनमा आधारित रहेको छ ।

लाभा ए३२

lava_a32_white

त्यसैगरी अर्को स्मार्टफोन लाभा ए३२ मा ४ इन्चको डिस्प्ले राखिएको छ । यो फोनमा १ गीगाहर्जको सिंगल कोर प्रोसेसरका साथमा २५६ एमबीको र्याम रहेको छ भने ५१२ एमबीको स्टोरेज छ । फोनको स्टोरेजलाई ३२ जीबीसम्म पुर्याउन सकिन्छ ।

यो फोनमा २ मेगापिक्सेलको रियर क्यामरा तथा सेल्फीका लागि भिजीए फ्रन्ट क्यामरा राखिएको छ । यसमा १,५०० एमएएचको ब्याट्री प्याक रहेको छ ।

हाल भारतीय बजारमा मात्र उपलब्ध यी स्मार्टफोनहरुको मूल्य ए ६८ को ४,५९९ भारु तथा ए ३२ स्मार्टफोनको मूल्य २,९९९ भारु तोकिएको छ ।

ड्यूल सिम सपोर्ट, वाईफाई ब्लूटूथ, एफएम रेडियो फीचर रहेको फोन एन्ड्रोयड किटक्याट ४.४.२ भर्सनमा आधारित रहेको छ ।

माध्यम

easy care

प्रकाशित: ५ श्रावण २०७३, बुधबार