एन्करका पावरब्यांकहरु बजारमा, क्वालकमको क्विक चार्ज २.० प्रविधि प्रयोग

Technology Khabar १९ असार २०७३, आईतवार

एन्करका पावरब्यांकहरु बजारमा, क्वालकमको क्विक चार्ज २.० प्रविधि प्रयोग

काठमाडौं ।

काठमाडौं, १९ असार । पशुपति ट्रेड लिंकले नेपाली बजारमा एन्कर (Anker) ब्राण्डका पावर चार्जर/पावरब्यांकहरु भित्र्याएको छ । नेपाली उपभोक्ताहरुलाई उपयुक्तहुने किसिमका विश्वस्तरीय ब्राण्डका चार्जर नेपाल भित्र्याएको कम्पनीले जानकारी दिएको ।

कम्पनीका नेशनल सेल्स हेड भुपाल क्षेत्रीले अमेरिकी ब्राण्डका चार्जर चारवटा संस्करणमा नेपाल भित्र्याएको जानकारी दिए । ‘यी चार्जरहरु निकै भरपर्दो र गुणस्तरीय छन् ।,’ उनले भने, ‘बजारमा अहिले भएका कमसल चार्जरबाट यसले छुटकारा दिन्छ ।’ कम्पनीले एन्कर टेक्नोलोजीद्धारा चीनमा निर्मित पावर चार्जर ल्याएको हो ।Anker_mobileskhabar_2

कम्पनीले एन्करका  ३, ३५० एमएएचदेखि १०४०० एमएएचसम्मका ४ वटा पावर चार्जर ल्याएको हो । यसमध्ये ३,३३५० एमएएच, ५,२०० एमएएच, १०,०५० एमएएच र १०,४०० एमएएच क्षमताको पावर चार्जर रहेका छन् । यसमध्ये १०,०५० एमएएचको चार्जर क्वालकमको क्विक चार्जर २.० प्रविधिको प्रयोग गरिएको छ । यसले स्मार्टफोनहरुलाई फास्ट चार्ज गर्ने बताईएको छ ।

एन्करका उपलब्ध पावरब्यांकहरु मध्ये ३,३५० एमएएचको मूल्य रु. १,४००, ५,२०० एमएएचको मूल्य रु. १,७००, १०,०५० एमएएचको मूल्य रु. ३,४५० र १०,४०० एमएएचको मूल्य रु. २,७५० तोकिएको छ ।

यी चार्जरहरु सोमवारदेखि सबै स्टोरहरुमा उपलब्ध हुने बताईएको छ ।

easy care

प्रकाशित: १९ असार २०७३, आईतवार