ट्वीटरमा अब नाईट मोड अप्सन, एन्ड्रोयड भर्सनमा मात्र उपलब्ध

Technology Khabar १६ असार २०७३, बिहीबार

ट्वीटरमा अब नाईट मोड अप्सन, एन्ड्रोयड भर्सनमा मात्र उपलब्ध

काठमाडौं ।

काठमाडौं, १६ असार । ट्वीटरले निकै प्रयासपछि नाईट मोड (Night Mode) अप्सन एपमा जोडेको छ । ट्वीटरले यो नाईट मोड अप्सन हाल एन्ड्रोयड भर्सनको मोबाइल एपमा मात्र उपलब्ध गराएको छ ।

केहि समयअघिदेखि मानिसहरुले खोजीरहेको नाईट मोड अप्सन भर्खर मात्र आएको हो । यो अप्सन एन्ड्रोयड बाहेकका भर्सनमा भने उपलब्ध छैन् । त्यस्तै एन्ड्रोयडपछिको सबैभन्दा धेरै प्रयोगमा रहेको आईओएस भर्सनमा कहिले आउँछ भन्ने कुनै जानकारी छैन् ।

नाईट मोड अप्सन प्रयोग गर्नका लागि ट्वीटरको एप अपडेट गर्नुपर्दछ, जुन न्यू मटेरियल डिजाइन यूआईसहित आउँछ । यो अप्सन अन गरेपछि एपले स्लिक डार्क ब्लू कलरमा स्क्रीन देखापर्दछ । नयाँ कलरले आँखालाई सहजता प्रदान गर्ने र एमोलेड डिस्प्ले छ भने ब्याट्रीलाई पनि सहज तुल्याउँछ । Twitter-Nightnode-1

ट्वीटरको नाईट मोड आएपनि डे नाईट स्वीचका अटोमेटिक हुने कुनै प्रकृया छैन् तर ट्वीटरमा यो बारेमा जिज्ञासाहरु भने आईरहेका छन् ।

ट्वीटरले ल्याएको नयाँ अप्सन हाल सबै प्रयोगकर्ताहरुका लागि भने उपलब्ध छैन् । यो अझैपनि सिमित प्रयोगकर्ताहरुबिच प्रयोग र परिक्षणमा छ । तर छिटै सबैका लागि नाईट मोड अप्सन उपलब्ध हुने अनुमान गरिएको छ ।

स्रोत माध्यम १ माध्यम २

easy care

प्रकाशित: १६ असार २०७३, बिहीबार