जियोनिको एमफाइभ मिनी नेपाली बजारमा, इटहरीमा एक्सक्लुसिभ शोरुम

Technology Khabar २६ जेष्ठ २०७३, बुधबार

जियोनिको एमफाइभ मिनी नेपाली बजारमा, इटहरीमा एक्सक्लुसिभ शोरुम

काठमाडौं ।

काठमाडौं, २६ जेठ । जियोनिले नेपाली बजारमा नयाँ स्मार्टफोन एम फाइभ मिनी (M5 Mini) नेपालमा भित्र्याएको छ । जियोनिले आफ्नो चौथो एक्सक्लुसिभ शोरुमको उद्घाटनको साथमा एमफाइभ मिनी नेपालमा ल्याएको हो ।

यसका साथै जियोनि ब्राण्डले इटहरीमा आफ्नो चौथो शोरुम संचालनमा ल्याएको छ । शोरुम उद्घाटन मिस नेपाल २०१६ आस्मी श्रेष्ठले गरेकी थिईन् । उक्त शोरुममा जियोनिका सम्पूर्ण मोडेलहरु उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

हाल नेपाली बजारमा जियोनिका चौध मोडेल उपलब्ध छन् । आगामी दिनमा जियोनिले नेपालका अरु पनि विभिन्न ठाउँमा एक्सक्लुसिभ शोरुम संचालन गर्ने जनाएको छ ।Gionee-Marathon-M5-mini

जियोनिले नेपालमा ल्याएको ठूलो ब्याट्री रहने म्याराथन सिरिजको सबैभन्दा नयाँ फोन, एमफाइभ मिनीमा ५ इन्चको स्क्रिन रहेको छ । फोनमा १.३ गिगाहर्जको क्वाड-कोर प्रोसेसर छ भने २ जीबीको र्याम र १६ जीबीको इन्टरनल स्टोरेज रहेको छ, जसलाई एसडी कार्डद्धारा बढाएर १२८ जीबीसम्म पुर्याउन सकिन्छ ।

फोनमा ८ मेगापिक्सेलको रियर क्यामेरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ । फोनको सबैभन्दा आकर्षक पक्ष भनेको यसको ४००० एम ए एचको ब्याट्री हो, जुन साधारण फोन ब्याट्री भन्दा दुई गुना बढी क्षमताको छ । एमफाइभ मिनीले एकै समयमा रिभर्स ओ टि जी प्रविधि मार्फत अन्य फोन चार्ज गर्न सक्ने कम्पनीको भनाई छ ।

फोनमा एन्ड्रोइड ललीपप ५.१ भर्सनमा आधारित जियोनिको आफ्नै सफ्टवेयर अमिगो ३.१ राखिएको छ । एमफाइभ लाइट बजारमा रु. १६,९९९/- मा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: २६ जेष्ठ २०७३, बुधबार