फेसबुक म्यासेन्जर अब विण्डोज १० फोनमा पनि

Technology Khabar २० जेष्ठ २०७३, बिहीबार

फेसबुक म्यासेन्जर अब विण्डोज १० फोनमा पनि

काठमाडौं ।

काठमाण्डौं, २० जेठ । फेसबुक प्रयोगकर्ताहरुका लागि खुशीको नयाँ खबर आएकोछ । अब फेसबुक मन पराउने तथा विण्डोजमा आधारित स्मार्टफोन प्रयोगकर्ताहरुले पनि फेसबुक म्यासेन्जर (Facebook Messenger) प्रयोग गर्न सक्ने भएका छन् ।

सामाजिक संजाल कम्पनी फेसबुकले म्यासेन्जर एपलाई अब विण्डोज प्लेटफर्ममा उपलब्ध गराएको छ । फेसबुक म्यासेन्जर अब विण्डोज १० भएका मोबाइल ह्याण्डसेटहरुमा प्रयोग गर्न पाईने भएको छ ।

विण्डोज प्लेटफर्ममा यो एप अहिले बेटा (Beta) भर्सनमा मात्र रहेको छ । यसको अर्थ यो एपमा अझैपनि केहि कमजोरीहरु रहेका छन् ।

फेसबुक म्यासेन्जर विण्डोज स्टोरमा लिस्टेड गरिएको छ भने यसलाई डाउनलोड पनि गर्न सकिन्छ ।Facebook messenger

विण्डोज १० मोबाइल फोनका ल्याईएको म्यासेन्जर एपमा विभिन्न फीचरहरु समावेश गरिएको छ ।

यसमा नोटिफिकेशन प्राप्त गर्न सकिने, लाइभ टाइलसहित म्यासेज हेर्न सकिने, फोटोहरु, भिडियोहरु, जीआईएफहरु पठाउन सकिने छ ।

त्यसैगरी स्टीकरहरुको प्रयोगसहित कुराकानी गर्न सकिने, म्यासेज कहिले प्राप्तकर्ताले हेर्यो थाहा पाउन सकिने, ग्रुप बनाउन सकिने, कुराकानीमा नभएका मानिसहरुलाई म्यासेज वा फोटो पठाउन सकिने र आफूलाई आवश्यक मानिसहरुको बारेमा खोजी गर्न सकिने फीचरहरु राखिएको छ ।

माध्यम स्रोत

easy care

प्रकाशित: २० जेष्ठ २०७३, बिहीबार

ताजा समाचार