लेनोभो स्मार्टफोनमा ‘क्यास काउण्ट’ योजना

Technology Khabar ३ जेष्ठ २०७३, सोमबार

लेनोभो स्मार्टफोनमा ‘क्यास काउण्ट’ योजना

काठमाडौं ।

काठमाण्डौ, ३ जेठ  । नेपालमा लेनोभो स्मार्टफोनको आधिकारिक वितरक लाइफकम प्रा.लि. ले नेपाली ग्राहकहरुको मोवाइल प्रति बढ्दो मागलाई ध्यानमा राखेर क्यास काउन्ट नामक नयाँ योजना प्रस्तुत गरेको छ ।

लेनोभो क्यास काउण्ट योजना अन्तर्गत प्रत्येक लेनोभो स्मार्टफोनको खरिदमा ग्राहकले एउटा स्क्रयाच कार्ड पाउनेछन् जुन स्क्रयाच गरि स्योर सट पाँच सय रुपैंयादेखि एक रुपैंयालाख सम्म क्यास काउण्ट गर्ने अवसर पाउने कम्पनीले जानकारी दिएको छ ।

लाइफकम प्रा.लि.का म्यानेजिङ्ग डाइरेक्टर अमित अग्रवालले भने “विश्व प्रसिद्ध लेनोभो स्मार्ट फोनमा शक्तिशाली मल्टीकोर प्रोसेसर र उत्कृष्ट डिस्प्ले रहेको छ । लेनोभोका ग्राहकहरु माझ यो नयाँ योजनाले अझ धेरै खुसी ल्याउने छ, भन्ने कुरामा हामी आशाबादी छौं ।”

अहिले नेपाली बजारमा लेनोभोका उपलब्ध स्मार्टं फोनका मोडलहरुमा लेनोभो ए३१९, लेनोभो ए३२८, लेनोभो ए ५३६, लेनोभो ए ५०००, लेनोभो ए ६००० प्लस, लेनोभो ए १००० तथा  लेनोभो ए २०१० रहेका छन् । यसै बीच लेनोभोले के थ्री नोट, के फोर नोट, भाईव पी वान एम र भाइव सी पनि ल्याउने तयारीमा रहेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

easy care

प्रकाशित: ३ जेष्ठ २०७३, सोमबार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार