शाओमीको एक्सन क्यामरा, फोर के भिडियो खिच्न सक्ने

Technology Khabar २ जेष्ठ २०७३, आईतवार

शाओमीको एक्सन क्यामरा, फोर के भिडियो खिच्न सक्ने

काठमाडौं ।

काठमाडौं, २ जेठ । शाओमीले एक्सन क्यामराको प्रतिस्पर्धामा अगाडि बढ्दै नयाँ एक्सन क्यामरा वाईआई एक्सन क्यामरा २ (YI Action Camera 2) सार्वजनिक गरेको छ ।

शाओमीले वाईआई एक्सन क्यामरालाई अपग्रेड गर्दै वाईआई एक्सन क्यामरा २ ल्याएको हो । शाओमीले एक्सन क्यामरामा सबैभन्दा अग्रस्थानमा रहेको गो प्रोलाई (GoPro) कडा प्रतिस्पर्धा दिनेछ ।

वाईआई एक्सन क्यामरा २ मा १२ मेगापिक्सेलको क्यामरा रहेको छ । यो क्यामरामा वाईड भ्यू एंगल १५५ डिग्रीसम्मको हेर्न सकिन्छ । यसमा सोनीको आईम्याक्स ३७७ लेन्स सेन्सर प्रयोग गरिएको छ । यसको क्यामराको डिस्प्लेलाई सुरक्षा दिन कोर्निंग गोरिल्ला ग्लास प्रयोग गरिएको छ । यसको डिस्प्लेको साईज २.१९ इन्च रहेको छ ।

शिओमीले ल्याएको वाईआई एक्सन क्यामरा २ मा १४०० एमएएचको ब्याट्री राखिएको छ, जसले निरन्तर २ घण्टासम्म भिडियो खिच्न सकिने कम्पनीको दाबी छ ।

यसमा कनेक्टिभिटीको लागि वाईफाई तथा ब्लूटूथ पनि राखिएको छ ।Yi Action Camera 2_ 2016-05-15 17-27-02 screenshot

यो एक्सन क्यामरामा इलेक्ट्रोनिक इमेज स्टेबलाईजेशन पनि राखिएको छ । शाओमीले यो क्यामराको सहयोगबाट फोर के (4K) क्वालिटीको भिडियो पनि खिच्न सकिने दाबी गरेको छ ।

चीनमा सार्वजनिक भएको यो वाईआई एक्सन क्यामरा २ को मूल्य १,९९९ यूआन तोकिएको छ ।

यो क्यामरा ह्वाईट, ब्ल्याक, गोल्ड कलर अप्सनमा उपलब्ध हुनेछ ।

माध्यम  स्रोत

easy care

प्रकाशित: २ जेष्ठ २०७३, आईतवार