सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र भन्सार विभाग बिच सम्झौता

Technology Khabar १६ बैशाख २०७३, बिहीबार

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र भन्सार विभाग बिच सम्झौता

काठमाडौं ।

काठमाडौं, १६ वैशाख । देशमा अनौपचारिक अर्थतन्त्रको कारणले राज्यको ढुकुटीमा जम्मा हुनु पर्ने रकम निश्चित व्यक्तिमा केन्द्रीत भै अस्वस्थ आर्थिक वातावरण सिर्जना हुने संभावना व्यापक भैरहेको सन्दर्भमा सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागले सम्पत्ती शुद्धीकरण नियन्त्रणको कार्यलाई तीब्रता दिएको छ । यसै सिलसिलामा भन्सार प्रशासनमा हुन सक्ने संभावित सम्पत्ति शुद्धीकरणका प्रयासलाई रोकेर राजस्व प्रशासनको प्रभावकारिता वृद्धि गर्ने उद्देश्यका साथ सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागमा सम्पत्ती शुद्धीकरण अनुसन्धान  विभाग र भन्सार विभागका महानिर्देशकहरुले एक समझदारीपत्रमा हस्ताक्षर गरे ।

सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक दामोदर रेग्मी र भन्सार विभागका महानिर्देशक शिसिर कुमार ढुंगानाले हस्ताक्षर गरेको उक्त सहमतिले भन्सार विभागलाई अवैध निकासी पैठारी रोक्ने काममा र सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागलाई सम्पत्ती शुद्धीकरण नियन्त्रणमा भन्सार प्रशासनको सहयोग परिचालनमा सहयोग पुग्ने देखिन्छ ।

यसको अतिरिक्त महानिर्देशक ढुंगाना सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको स्थापनाकालमा उक्त विभागमा कार्यरत रहेको र महानिर्देशक रेग्मी भन्सार विभागमा लामो समय काम गरेको हुनाले दुवै निकायले एक अर्काको कार्यक्षेत्र र समस्याप्रति तथा एक अर्कालाई कसरी सहयोग गर्न सक्छन् भन्ने विषयमा जानकार रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

पनामा पेपर्सको घटना सार्वजनिक भएको भएको सन्र्दमा छानवीनको प्रक्रियामा भन्सार प्रशासनको भूमिका थप सहयोगी वन्ने विश्वास गरिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हालसम्म विभिन्न निकायहरुसंग यस्तो सम्झौता गरिसकेको छ जसमा केन्द्रीय अनुसन्धान व्यूरो, अध्यागमन विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय, भूमिसुधार विभाग, यातायात व्यवस्था विभाग, सहकारी विभागसँग यस्तो सम्झौता गरिसकेको छ र अन्य केही निकायहरुसँग सम्झौता हुने क्रममा छ ।

easy care

प्रकाशित: १६ बैशाख २०७३, बिहीबार

ताजा समाचार