सामसुंग ग्यालेक्सी एस सेभेनमा नयाँ चीपसेट हुने, मिडिया टेकको चीपसेटमा एस सेभेन परिक्षण

Technology Khabar १६ चैत्र २०७२, मंगलवार

सामसुंग ग्यालेक्सी एस सेभेनमा नयाँ चीपसेट हुने, मिडिया टेकको चीपसेटमा एस सेभेन परिक्षण
फाइल फोटोः मोबाइल्स खबर

काठमाडौं ।

काठमाडौं, १६ चैत । सामसुंगले नयाँ चीपसेटका साथमा ग्यालेक्सी एस सेभेन (Galaxy S7) ल्याउने भएको छ । कम्पनीले मिडिया टेकको हेलियो एक्स २०(Media Tek Helio X20) वा एक्स २५ (X25) मा आधारित नयाँ ग्यालेक्सी एस सेभेन ल्याउन लागेको हो ।

अहिले सामसुंगले विश्वभर एक्सनोज(Exynos) तथा स्न्यापड्रयागन (Snapdragon) चीपसेटमा आधारित ग्यालेक्सी एस सेभेन मात्र बिक्री गर्दै आएको छ ।

सामसुंगको नयाँ चीपसेटमा आधारित ग्यालेक्सी एस सेभेन गिकबेन्च (Geekbench) स्कोरमा लिस्टेड भेटिएको छ । यो सामसुंगको जी ९३० डब्लू ८ (G930W8) मोडल नम्बरको फोन हो । यसको अर्थ अब सामसुंग ग्यालेक्सी एस सेभेन फरक फरक तीन चीपसेटसहित विश्व बजारमा उपलब्ध हुनेछ ।

सामसुंगले ल्याउन लागेको मिडिया टेकको चीपसेटमा आधारित ग्यालेक्सी एस सेभेन फोन क्यानाडाका लागि मात्र हो । ग्यालेक्सी एस सेभेनको मोडल नम्बर जी९३० हो भने डब्लू सिरिज विशेष गरि क्यानाडाका लागि बनाईने स्मार्टफोन तथा ट्याबलेटको भर्सन हो ।

गिकबेन्चमा रहेको रिजल्ट हेर्दा त्यहाँ अक्टा-कोर प्रोसेसर एक्सनोज अथवा डेका-कोर प्रोसेसरमध्ये एमटी ६७९७ अथवा एमटी६७९७टी रहेको देखिन्छ । यी दुबै मिडिया टेक हेलियो एक्स २० तथा एक्स २५ का लागि भनेर चिनिन्छन् । यसमध्येको एक्स २५ अझ शक्तिशाली सीपीयू भएको मानिन्छ जुन सामसुंगको आफ्नै एक्सनोज बराबरको रहेको छ ।

त्यस्तै एक्स २० सहितको नयाँ ग्यालेक्सी एस सेभेनमा ३ जीबीको मात्र र्याम हुनेछ, जबकी एक्स २५ चीपसेटसहितको फोन भने ४ जीबीको र्याम सहितको हुनेछ ।

माध्यम / स्रोत

easy care

प्रकाशित: १६ चैत्र २०७२, मंगलवार

ताजा समाचार