गूगल म्याप्समा नयाँ स्टिकरहरु ट्याग गर्न सकिने, मन पर्ने स्थानहरुको बारेमा जानकारी

Technology Khabar ८ चैत्र २०७२, सोमबार

गूगल म्याप्समा नयाँ स्टिकरहरु ट्याग गर्न सकिने, मन पर्ने स्थानहरुको बारेमा जानकारी

काठमाडौं ।

काठमाडौं, ८ चैत । गूगल म्याप्सले नयाँ फीचर ल्याएको छ । गूगलले ल्याएको नयाँ फीचर त्यति आश्चार्यजनक नभएपनि गूगल म्याप्सको अनुभवलाई नयाँपन दिनेछ ।

गूगलले विभिन्न स्थानका लागि नयाँ स्टिकरहरु सार्वजनिक गरेको छ, जहाँ प्रयोगकर्ताले आफुले मन पराएअनुसार ट्याग गर्न सक्दछ ।

गूगलले फरक फरक स्थानहरुलाई चिनाउन फरक फरक स्टिकरहरु ल्याएको हो । गूगल म्याप्सले ट्रि हाउस, अपार्टमेन्ट बिल्डिंग, कास्टल, टीपी जस्ता स्टिकरहरु ल्याएको हो ।Google Lat Long- Home Sweet Treehouse 2016-03-21 12-10-57

त्यस्तै गूगलले काम गर्ने स्थानको जानकारी दिनका लागि अलग्गै स्टिकरहरु पनि ल्याएको छ, जसमा अफिस विल्डिंग, बुटिक, जीम र स्कूललगायत छन् ।

गूगलले नयाँ स्टिकर ल्याउनुको भित्रि उदेश्य भनेको मानिसहरुको मनपर्ने स्थानहरुको बारेमा जानकारी राख्नु र जुन स्थान नियमित भ्रमण गर्दछन त्यसको बारेमा छिटो जानकारी हासिल गर्नु हो ।

यस्तो स्थानमा भ्रमण गर्नका लागि आवश्यक पर्दा उक्त स्टिकरमा ट्याप गरेर त्यो स्थानका लागि आवश्यक बस, ट्रेन रुट, ट्राफिकको अवस्था वा ट्याक्सी सेवाको शुल्कलगायतका जानकारी लिन सकिन्छ ।

प्रयोगकर्ताले नोटिफिकेसन प्राप्त गर्ने र त्यसमा प्रयोगकर्ताको आगामी संभावित भ्रमण गर्ने स्थानको बारेमा पनि जानकारी दिने गूगलले बताएको छ ।

गूगलले नयाँ स्टिकर ल्याउनुको कारण गूगलले प्रयोगकर्ताको भ्रमणको प्राथमिक स्थानको बारेमा जानकारी दिनु रहेको स्पष्ट पारेको छ ।

गूगलले प्रयोगकर्तालाई आफ्नो घर कस्तो प्रकारको छ भनेर फरक फरक स्टिकर ल्याएको छ, जसमा आफ्नो घरको प्रकारअनुसार ट्याग गर्न सकिन्छ ।

गूगल म्याप्सको यो सेवा हाल एन्ड्रोयड यूजर्सका लागि मात्र उपलब्ध रहेको छ ।

माध्यम १    /  स्रोत

easy care

प्रकाशित: ८ चैत्र २०७२, सोमबार