मोबाइल एपले क्यान्सर रोक्न सहयोग गर्ने, क्यान्सरको बारेमा तत्काल जानकारी लिन सकिने

Technology Khabar १७ फाल्गुन २०७२, सोमबार

मोबाइल एपले क्यान्सर रोक्न सहयोग गर्ने, क्यान्सरको बारेमा तत्काल जानकारी लिन सकिने

काठमाडौं ।

काठमाडौं, १७ फागुन । क्यान्सरका बिरामीहरुको जाँचमा अब डाक्टरहरुले मोबाइल एपको प्रयोग गर्न सक्ने भएका छन् ।

यो एपमा स्वास्थ्यकर्मीहरुका लागि पूरै सन्दर्भ सामाग्रीहरु राखिएको हुनेछ, जसमा क्यान्सरको लक्षण, चिन्ह तथा तस्वीरहरु राखिएका हुनेछन् ।

यो एप एप्पल तथा गूगलको एप स्टोरबाट डाक्टरहरुले निशुल्क डाउनलोड गर्न सक्नेछन् ।

स्कट सरकारले शंकास्पद क्यान्सरको अवस्थामा स्कटिश रेफरल गाइडलाइन्स दिनका लागि यो एप बनाउने निर्णय गरेको थियो ।Mobile App

यो एप वेस्ट अफ स्कटल्याण्ड यूनिभर्सिटीका (West of Scotland University) स्कटिस सेन्टर फर एनेब्लिंग टेक्नोलोजीजले (Scottish Center for Enabling Technologies) तयार पारको हो ।

यो एपलाई वाईफाईबाट लगातार अपडेट गर्न सकिन्छ । जसले डाक्टरहरुलाई सँधैभरी तुरुन्त ताजा जानकारी उपलब्ध हुन सकोस् । यो एप अफलाइन प्रयोग गर्न पनि सकिनेछ ।

स्कटल्याण्डकी स्वास्थ्य मन्त्री शोना रबिसनकाअनुसार यो एप स्वास्थ्यकर्मीहरु तथा बिरामीहरुको सहयोगका लागि बनाईएको हो । यसद्धारा डाक्टरहरु, फर्मासिस्टहरु तथा वरिष्ठ नर्सहरुलाई क्यान्सरको आशंकाको स्थितिमा जानकारी उपलब्ध गर्न निकै सहयोगी हुनेछ ।cancer_patient

उनले भनिन्, ‘जति छिटो क्यान्सरको पत्ता लगाएर त्यसको उपचार गर्न सकिन्छ, त्यति बिरामीको जीवन बढाउन सहयोग पुग्दछ । क्यान्सरलाई त्यसको शुरुवाती स्थितिमा नै पत्ता लगाएर कयौं व्यक्तिहरुको समयभन्दा पहिले हुने मृत्यु रोक्न सकिन्छ ।’

ग्लासगोको एक जनरल फिजीशियन डाक्टर डग्लस रिगले यो एपको विकासमा निकै महत्वपूर्ण भूमिका निभाएका छन् ।

उनले भने, ‘एपको माध्यमबाट हामीले जानकारी प्राप्त गरेर क्लिनिकमा छिटै निर्णय गर्न सक्षम हुनेछौं । मोबाइल अहिलेको समयमा फिजीशियनहरुको उपकरण तथा एपको महत्वपूर्ण अंग भईसकेको छ ।’

बीबीसी डटकमबाट साभार

easy care

प्रकाशित: १७ फाल्गुन २०७२, सोमबार