४ इन्चको आईफोन ‘पिंक’ कलरमा पनि आउने, आईफोन सिक्स एसको जस्तै फीचर

Technology Khabar २५ माघ २०७२, सोमबार

४ इन्चको आईफोन ‘पिंक’ कलरमा पनि आउने, आईफोन सिक्स एसको जस्तै फीचर
फोटो एप्पल इन्साडरबाट

काठमाडौं ।

काठमाडौं, २५ माघ । एप्पलले ल्याउन लागेको ४ इन्चको आईफोनको बारेमा विभिन्न किसिमका समाचारहरु आई नै रहेका छन् । कम्पनीको नयाँ ४ इन्चको आईफोनको नाम आईफोन फाइभ एसई (iPhone 5se) हुने यसअघि नै सार्वजनिक भईसकेको हामीले उल्लेख गरिसकेका छौं ।

यसपटक फेरी ४ इन्चको नयाँ आईफोनको बारेमा नयाँ जानकारी चर्चामा रहेको छ । कम्पनीले यहि मार्च १५ तारिखमा सार्वजनिक गर्ने तयारी गरिरहेको आईफोन फाइभ एसई विभिन्न तीन कलर अप्सनमा आउने जानकारी सार्वजनिक भएको छ ।

कुन कुन कलरमा आउँदैछ ?

नयाँ आईफोन सिल्भर (Silver), स्पेस ग्रे (Space Grey) र पिंक (Pink)  कलर अप्सनमा आउन लागेको जापानी वेबसाइट म्याक ओटाकाराले (Mac Otakara) रिपोर्ट गरेको छ । यसअघि आईफोन फाइभ एस सिल्भर र स्पेस ग्रे कलर अप्सनमा आईसकेको भएपनि पिंक च्यासिस कलरमा भने पहिलो पटक आउन लागेको हो । उक्त वेवसाइटले एसेसरिज उत्पादक तेस्रो पक्षलाई उद्धृत गर्दै यो जानकारी दिएको हो ।

56b52b7c7206a
फोटो गूगलबाट

स्रोतले नयाँ आईफोनको पिंक कलरको बारेमा जानकारी दिँदै यसलाई छैठौं जेनेरेशनको आईपोड टचको (iPod Touch) पिंक कलर अथवा सातौं संस्करणको आईपड नानोको (iPod Nano) कलरमा हुने उल्लेख गरेको छ ।

नयाँ पिंक कलरको आईफोन यसअघिको रोज गोल्ड कलर अप्सनको आईफोन सिक्स एस (iPhone 6s) तथा सिक्स एस प्लस (iPhone 6s Plus) भन्दा फरक हुने रिपोर्टमा बताईएको छ । त्यसैगरी कम्पनीले ल्याउने गरेको येल्लो गोल्ड (Yellow Gold) कलर अप्सनको बारेमा रिपोर्टमा केहि उल्लेख छैन् । एप्पलले सन् २०१३ मा पहिलो पटक आईफोन ५ एसमा गोल्ड कलर प्रयोग गरेको थियो ।

नयाँ आईफोनको उत्पादनको क्रममा रहेको अनुमान गरिएको छ, जुन केहि दिनभित्रै सार्वजनिक हुँदैछ । यो ४ इन्चको नयाँ फोनको बारेमा कुनै आधिकारीक स्पष्ट जानकारी नभएपनि यो मेटल ब्याक्ड डिजाइनको हुने र ४ इन्चको स्क्रीन राखिने छ भने यसमा ए ८ प्रोसेसर वा ए ९ प्रोसेसर प्रयोग गरिनेछ । त्यसैगरी यसमा एप्पल पेका लागि एनएफसी पनि राखिनेछ ।

यसअघि पनि ४ इन्चको आईफोनको बारेमा विभिन्न तस्विरहरु आएका थिए । यदि त्यसलाई आधार मान्ने हो भने नयाँ फोन आईफो सिक्स एस जस्तै तर कब्र्ड एजसहितको हुनेछ भने २.५ डी स्क्रीन रहनेछ ।

यसमा ८ मेगापिक्सेलको रियर तथा १.२ मेगापिक्सेलको फ्रन्ट क्यामरा हुनेछ भने फ्रन्ट क्यामरा एयर स्पीकरको देब्रेमा राखिनेछ ।

यसअघि नै एप्पलले मार्च १५मा विशेष इभेन्टको आयोजना गर्ने जानकारी आईसकेको छ, जहाँ नयाँ आईफोनका साथै आईप्याड एयर थ्री तथा एप्पल वाचको नयाँ भर्सन सार्वजनिक हुने अनुमान छ ।

easy care

प्रकाशित: २५ माघ २०७२, सोमबार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार