मोबाइल फोनबाट नै बत्ती बाल्न सकिने स्मार्ट चीम, १६० लाख किसिमको रंगमा बत्ती

Technology Khabar २० कार्तिक २०७२, शुक्रबार

मोबाइल फोनबाट नै बत्ती बाल्न सकिने स्मार्ट चीम, १६० लाख किसिमको रंगमा बत्ती

काठमाडौं ।

काठमाडौं, २० कात्तिक । इन्डियन स्टार्ट-अप क्यूब२६ (Cube26) ले यस्तो बल्ब (चीम) सार्वजनिक गरेको छ जुन मोबाइल एपद्धारा संचालन गर्न सकिन्छ । यो बल्बको नाम ‘आईओटिए लाइट'(Internet of Things Accessories) राखिएको छ । यो बल्ब शुक्रबारदेखि भारतीय बजारमा ईकमर्श साइट फ्लिपकार्टमा खरिद गर्न सकिन्छ ।

केहि दिन अगाडि भारतीय बजारमा लन्च गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सौरव कुमारले आईओटिए लाइटका साथै भारतको आईओटी सेगमेन्टमा पाइला चालेको बताए । उनले स्मार्ट होम कन्सेप्टलाई सफल बनाउन यो लाइटिंग सबैभन्दा महत्वपूर्ण हुनसक्ने आशा व्यक्त गरे ।

यो बल्ब बाल्नका लागि प्रयोगकर्ताको स्मार्टफोनमा कम्पनीको एप्लीकेशन हुनुपर्नेछ । यो एपद्धारा बल्बलाई कनेक्ट गरेर यसमा उपलब्ध रहेका १ सय ६० लाख कलर्स (रंगहरु)मध्ये आफुलाई मन पर्ने कलर छनौट गर्न सकिनेछ । आफ्नो छनौट अनुसारको कलरमा उक्त बल्ब विद्युतबाट बाल्न सकिन्छ ।iota-bulb

यो स्मार्टफोनको सबैभन्दा रोचक र अनौठो फीचर भनेको फोन कल र एसएमएस अलर्ट हो । प्रयोगकर्ताको फोनमा कल आएमा यो बल्ब फरक कलरमा चम्किन्छ त्यस्तै एसएमएस अलर्ट आएमा पनि अन्य कलरमा बल्बले उज्यालो दिन्छ । जसले गर्दा प्रयोगकर्ताको फोन साइलेन्ट मोडमा भएपनि फोन र एसएमएस आएको थाहा हुन्छ । त्यसैगरी यसमा म्यूजिक सिन्क्रोनाइज गर्न, वेदर अलर्टजस्ता फीचर पनि राखिएको छ भने आफ्नो मूड अनुसारको कलर छनौट गर्न सकिन्छ ।

स्मार्टफोन, ट्याबलेट, कनेक्टेड भेहिकल्स तथा एप्लाइन्सेसको जस्तै आईओटी इन्टर कनेक्टेड डिभाइसको नेटवर्क हो जसले डिभाइसको अधिकांश डाटामा सम्बन्धित जानकारी दिन्छ ।iota_bulb_screenshot

यो बल्ब १ लाख ५० हजार घण्टासम्म प्रयोग गर्न सकिने कम्पनीले दाबी गरेको छ । ७ वाटको यो स्मार्ट बल्बमा टेक्सास इन्स्ट्रुमेन्ट माइक्रोप्रोसेसर राखिएको छ भने तोसिवाको एलईडी प्रयोग गरिएको छ ।

सात वाटको यो स्मार्ट बल्बले ५०० वटा ल्यूमिनेस ब्राइटनेश दिन्छ । यो बल्ब संचालन गर्नका लागि एन्ड्रोयडको प्ले स्टोरमा एप उपलब्ध रहेको छ जुन एपले ब्लूटूथ ४.० भर्सनद्धारा नियन्त्रण गर्दछ ।

कम्पनीले यो बल्बको मूल्य भारतीय बजारमा १,८९९ भारु तोकेपनि लन्चिंग पिरियडमा अहिले १,९९९ भारुमा बिक्री गरिरहेको छ ।

easy care

प्रकाशित: २० कार्तिक २०७२, शुक्रबार