नेपाल र चीनबीच सातवटा नाका सञ्चालन गर्ने सम्झौता

Technology Khabar २० कार्तिक २०७२, शुक्रबार

नेपाल र चीनबीच सातवटा नाका सञ्चालन गर्ने सम्झौता

काठमाडौं ।

काठमाडौं २० कात्तिक । नेपाल र चीनबीच सातवटा नाका सञ्चालन गर्नेलगायतका विषयमा सम्झौता भएको छ । नेपाल र चीनबीच दुई सुख्खा बन्दरगाह र सातवटा नाका सञ्चालन गर्नेसहित २० बुँदे सम्झौता भएको हो ।

बिहिबार दुबै देशका भन्सार प्रशासनका अधिकारीहरूको सम्पन्न २८ औँ वार्षिक बैठकमा त्यस्तो सहमति भएको हो ।
आयोजित एक कार्यक्रममा नेपालका तर्फबाट भन्सार विभागका उपमहानिर्देशक दामोदर रेग्मी र चीनपक्षको तर्फबाट ल्हासा भन्सारका उपमहानिर्देशक लुन चेन वाइले सम्झौतामा हस्ताक्षर गरे।

सम्झौतामा तत्काल मुख्य व्यापारिक नाका तातोपानी र केरुङलाई सञ्चालनमा ल्याउने तथा त्यस अलावा चीनसँगका बाँकी सात नाका मुस्ताङ, हुम्लाको यारिङ, संखुवासभाको किमाथाङका, ताप्लेजुङको ओलाङचुङगोला, गोरखाको लार्के, दोलखाको लामाबगर र मुगु भन्सार नाकाको सम्भाव्यता अध्ययन गरी सञ्चालनमा ल्याउने सहमति भएको छ। त्यसका लागि सरकारी उच्च तहका अधिकारीहरुले आवश्यक अध्ययन अघि प्रक्रिया बढाइनेछ ।

त्यसबाहेक सिन्धुपाल्चोकको लार्चा र रसुवाको टिमुरेमा सुक्खा बन्दरगाह स्थापना गरिने भएको छ। चीनसँगको मुख्य व्यापारिक नाका तातोपानी नेलामु नाकालाई मर्मत संभार गरी तत्काल संचालन गर्ने सम्बन्धमा पनि दुईदेश बीच सम्झौता भएको छ ।

नेपालमा भूकम्पले पुर्या्एको भौतिक संरचना क्षतिको पुनर्निर्माणलाई तिव्रता दिने सम्झौता पनि चीनसँग भएको छ। त्यसैगरी, दुई देशबीचको कार्यालय समय पनि फरक रहेकाले कार्यालय संचालन समयलाई एकरुपता कायम गर्ने विषयमा पनि समझदारी भएको छ।

चीनबाट नेपाल निर्यात हुने खाद्य र पेय पदार्थहरुको लेबलमा उत्पादन मिति, उपभोग गर्न सकिने मिति,  मिश्रण सामाग्री लगायतका आवश्यक सूचना कम्तीमा  नेपाली वा अंग्रेजीमा लेख्ने व्यवस्था मिलाउन आफ्ना उत्पादनकर्ता, व्यापारीलाई अनुरोध गर्ने सम्बन्धमा पनि चिनियाँ टोली सहमत भएको छ।

भन्सार अधिकारीहरुको अर्को बैठक आगामी वर्ष ल्हासामा हुनेछ ।
easy care

प्रकाशित: २० कार्तिक २०७२, शुक्रबार

ताजा समाचार