आईफोन सिक्स एस तथा सिक्स एस प्लस १० हजार रुपैंयामा !

Technology Khabar १७ आश्विन २०७२, आईतवार

आईफोन सिक्स एस तथा सिक्स एस प्लस १० हजार रुपैंयामा !
चीनमा बिक्रीका लागि राखिएको नक्कली आईफोन सिक्स एस । तस्विरः गूगलबाट

काठमाडौं ।

काठमाडौं, १७ असोज । एप्पलले आईफोन सिक्स एस तथा सिक्स एस प्लस (Iphone 6S and 6S Plus) को बिक्री तथा प्री बुकिंग विभिन्न मुलुकहरुमा शुरु भईसकेको छ । एप्पलको आईफोन सिक्स एस तथा सिक्स एस प्लसको बिक्रीले किर्तिमान कायम गरेको समाचार पनि सार्वजनिक भईसकेको छ ।

एप्पलले यो स्मार्टफोन १ करोड ३० लाख यूनिट भन्दा बढि बिक्री गरिसकेको समाचार आईसकेको बेलामा कम्पनीले विभिन्न मुलुकहरुमा नयाँ फोन उपलब्ध हुने मिति पनि तोकेको छ ।

तर यसैबिच चीनमा निकै सस्तो मूल्यमा आईफोन खरिद गर्न पाईने समाचार आएकोछ । निकै महंगो फोनको रुपमा रहेको आईफोन चीनमा भने १० हजार रुपैंया भन्दा कममा नै खरिद गर्न पाईने समाचार विभिन्न संचारमाध्यमहरुमा आएको छ ।

केबल १० हजारमा नै चीनमा आईफोन खरिद गर्न पाइने भन्दा तपाईँलाई पक्कै पनि आश्चार्य लाग्यो होला । तर यो सक्कली आईफोन सिक्स एस तथा सिक्स एस प्लस भने होईन् । आईफोनले विश्व बजारमा निकै चर्चा बटुलिरहेको बेलामा चीनको शेनझेन शहरमा भन्ने नक्कली आईफोनको बिक्री बढिरहेको बताईएको छ । अझ त्यसमाथि पनि एप्पलले हालै सार्वजनिक गरेको आईफोन सिक्स एस तथा सिक्स एस प्लसको मोडलहरु धमाधम बिक्री भईरहेको छ ।

चीनको नक्कली आईफोन एप्पलको जस्तो उच्च गुणस्तरको नभई निकै निम्मकोटिको फोन सेट हो । यो नक्कली हेडसेट एन्ड्रोयडको अपरेटिंग सिस्टममा आधारित रहेको छ । जबकी एप्पलको आईफोनका लागि आफ्नै आईओएस प्रयोग हुन्छ ।

चीनमा बिक्री भइरहेको नक्कली आईफोनको मूल्य केबल ५८० यूआन अर्थात ९ हजार ५ सय ६२ रुपैंयाको हाराहारीमा खरिद गर्न सकिन्छ ।

केबल १० हजार रुपैंयाको हाराहारीमा खरिद गर्न सकिने यो नक्कली आईफोनको क्यामरा, डिस्प्ले, प्रोसेसर तथा अन्य फीचरहरु भने निकै कम गुणस्तरको रहेको छ । त्यसैले यो स्मार्टफोन खरिद गर्नु भनेको आफ्नो रकम अनावश्यक रुपमा उडाउनु जस्तै रहेको बताईरहेको छ ।

यसका साथै चीनमा विभिन्न पसलहरुले आईफोनका अन्य मोडलका पनि नक्कल गरी बिक्री गर्ने गरेका छन् । नक्कली आईफोनका बिक्रेताहरुले ग्राहकहरुलाई भने भ्रममा पार्नका लागि अमेरिका तथा हंगकंगबाट प्रयोग गरेर तस्करी मार्फत ल्याईएको भनेर विश्वास गराउने गरेका छन् । त्यस्ता बिक्रेताहरुले आईफोनको लोगो, ब्यागलगायतका आधिकारिक सामाग्रीका नक्कली वस्तु पनि बिक्री गर्ने गरेका छन् ।

चीनमा हालसम्म एप्पलका केबल २२ वटा आधिकारीक स्टोर मात्र रहेका छन् । एजेन्सीको सहयोगमा

easy care

प्रकाशित: १७ आश्विन २०७२, आईतवार